झापाकी रचना रिमालाई तेस्रो पटक सर्वाधिक भोट

११ फाल्गुन २०७६, आईतवार १८:३४
Featured Video Play Icon

मकवानपुर, ११ फागुन । चर्चित सिंगिङ रियालिटी शो ‘नेपाल आईडल सिजन ३’ मा झापाकी रचना रिमाललाई तेस्रो पटक सर्वाधिक भोट प्राप्त भएको छ । उनले गाला राउण्डको दोस्रो हप्ता, तेस्रो हप्ता र चौथो हप्ताको प्रस्तुति पश्चात खुलेको भोटिङमा गरी ३ पटक सर्वाधिक भोट प्राप्त गरेकी हुन् । सर्वाधिक भोट प्राप्त गरेकी रचना नेपाल आईडल सिजन ३ को कउत्कृष्ट ८ मा प्रवेश गरिसकेकी छिन् । हेरौँ भिडियो–

झापाको भद्रपुर निवासी रचना रिमाल १७ वर्षकी छिन् । कक्षा ११ मा अध्ययनरत रचनाले सानै उमेरमा संघर्ष गर्न सिकेकी छिन् । मिठो चटपटे बनाउने रचनालाई भद्रपुरमा धेरैले चटपटेवाली भनेर चिन्छन् । सानो छँदा मन्दिरमा भजन गाउने गरेकी रचनाले विद्यालयमा हुने विभिन्न कार्यक्रममा भाग लिँदै गीत गाउन थालेकी हुन् । कक्षा ९ मा अध्ययन गर्दाको समयमा संगीतको कक्षामा भर्ना भए पनि उनले त्यसलाई निरन्तरता दिन सकिनन् । उनको संगीत सिकाईको समय ४ महिनामा मात्र सिमित भयो । संगीतमै करियर बनाउने योजनामा रहेकी रचनालाई संगीतमा लगाव भएका कारण उनका आमाबुवाले समेत साथ दिएका छन् । सबैले चटपटेवाली भनेर चिनेता पनि उनी आफ्नै नामले चिनिन चाहान्छिन् ।

रचनाको भोटिङ कोड एनआई १० हो । उनलाई भोट गर्नका लागि नेपालबाट उनको भोटिङ कोड लेखेर एनटिसी, स्मार्ट सेल र एनसेलबाट ३७००० मा म्यासेज गर्न सकिन्छ । त्यस्तै १६६६७७१० डायल गरेर उनलाई भोट गर्न सकिन्छ भने भारतबाट भोडाफोन मार्फत ५३०१० मा, कतारबाट ओरेडुमार्फत ९२३०० र मलेसियाबाट अल टेलिकोसमार्फत ३३३१० मा म्यासेज गर्न सकिन्छ । उनलाई रेस्पेक्ट एण्ड राईज एपबाट तपाईले चाहानुभएको जति रकमको प्याकेज भोट एकैपटक गर्न सक्नुहुन्छ । आदरणिय दर्शकविन्द तपाईलाई यो भिडियो कस्तो लाग्यो ? तपाईको विचारमा नेपाल आईडन सिजन ३ को विजेता को बन्नेछ ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*