दले दाईको जोक हिट

१० फाल्गुन २०७६, शनिबार ०९:४०
Featured Video Play Icon

मकवानपुर, १० फागुन । नेपालको पहिलो स्ट्याण्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को उत्कृष्ट ४ मा परेका सुमन कोईरालाको व्यंग्य उत्कृष्ट भएको छ । उत्कृष्ट ४ को प्रस्तुतिका क्रममा उनले दिएको प्रस्तुति पश्चात उनले जोक अफ द डे को अवार्ड जितेका हुन् । जितसँगै उनले नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । उत्कृष्ट ४ का क्रममा उनले पिएन डाक्टरको भूमिका निर्वाह गरेका थिए । उक्त चरित्रमा उनले एक सामान्य कर्मचारीले गाउँमा डाक्टरको जिम्मेवारी सम्हालेपछि कस्तो समस्याहरुको सिर्जना हुन्छ भन्ने बारे व्यङ्ग्य गरेका थिए । हेर्नुहोस् भिडियो–

अर्गानिक कमेडियनका रुपमा चिनिएका सुमन ईटहरी निवासी हुन् । वाईल्ड कार्ड ईन्ट्रीमा उनको प्रस्तुतिलाई सर्वाधिक रुचाइएको थियो । उनी वाईल्डकार्ड राउण्डमा पर्फमर अफ द राउण्ड घोषित हुँदै उत्कृष्ट ७ मा परेका थिए । त्यसपश्चात उनी दले दाईका नामले चर्चित बनेका छन् । उत्कृष्ट ७ हुँदै उनी उत्कृष्ट ४ मा आईपुगेका छन् । उनी दुई पटक पर्फोमर अफ द राउण्ड घोषित भएका थिए । आदरणिय दर्शकबिन्द तपाईलाई यो भिडियो कस्तो लाग्यो ? तपाईको विचारमा कमेडी च्याम्पियनको पहिलो विजेता को बन्नेछ ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*