अमेरिकन आईडलमा नेपालका दिवेश पोखरेल

५ फाल्गुन २०७६, सोमबार १४:०७
Featured Video Play Icon

मकवानपुर, ५ फागुन । नेपालका दिवेश पोखरेल अमेरिकन आईडलमा छनौट भएका छन् । २१ वर्षिय दिवेश एविसि च्यानलबाट प्रसारण भईरहेको अमेरिकन आईडलको २०२० संस्करणमा अघिल्लो राउण्डका लागि छनौट भएका हुन् । स्टेजमा अर्थर गनका नामले परिचित देवेश नेपालको काठमाडौँमा जन्मिएका हुन् । अमेरिकन आईडलको अफिसियल युट्युब च्यानलमा पनि उनलाई ‘नेपाल टु कन्सास, अमेरिकन आईडल स्टेज’ भनेर चिनाइएको छ ।
उनले गितारसहित अडिसन दिएका थिए । हेरौँ भिडियो–

दुई वटा गीत गाएका दिवेशले तिनैजना निर्णायकहरुको मन जित्न सफल भएका थिए । निर्णायकहरुले उनको खुलेर प्रशंसा गर्दै आफुहरुले भन्न खोजेको स्टोरी उनी जस्तै भएको बताएका थिए । स्टेजमा पनि ‘नमस्ते’ शब्द उच्चारण गरेका दिवेशले नेपाल निकै नै सुन्दर देश भएको समेत भिडियोमा खुलाएका छन् । आफु नेपालमा जन्मिएकोमा खुशी भएको भन्दै उनले नेपालमा जताततै हिमाल देख्न सकिने बताएका थिए । काठमाडौँमा जन्मिएका दिवेश केही वर्ष अघि अमेरिकामा पुगेका थिए ।

आमाबाट पहिलो पटक गितार उपहार पाएपछि दिवेशले आफ्नो सांगितिक यात्रा सुरु गरेको उनी बताउँछन् । रेडियो र टिभीमा गीत सुन्दै गाउन सुरु गरेका दिवेशले हाईस्कुल पश्चात उच्च शिक्षाका लागि अमेरिकामा पाईला टेकेका थिए । उनको प्रस्तुतिपश्चात निर्णायक उनको स्वागतका लागि स्टेजमा पुगेका थिए । उनलाई निर्णायकहरुले रकस्टारको संज्ञा समेत दिएका छन् । आदरणिय दर्शकविन्द तपाईलाई यो भिडियो कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*