विष्णुप्रसाद गौडेल मेक्समलाई उत्कृष्ट जोकको पुरस्कार

१ फाल्गुन २०७६, बिहीबार १७:१४
Featured Video Play Icon

मकवानपुर, १ फागुन । नेपालको पहिलो स्ट्याण्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ मा स्याङ्जाका कमेडियन विष्णुप्रसाद गौडेल मेक्समले जोक अफ द डेको पुरस्कार जितेका छन् । उत्कृष्ट ५ को पक्रस्तुतिका क्रममा उनले जोडेका व्यङ्ग्यहरु उत्कृष्ट हुन सफल भएको हो । जोक अफ द डे घोषित भएसँगै उनले नगद पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । हेर्नुहोस् भिडियो–

मेक्सम गौडेलका नामले समेत चिनिने विष्णु स्याङ्जा निवासी हुन् । उनको डायलग डेलिभरी र प्रस्तुत गर्ने शैलीलाई राम्रो मानिएको छ । गत साता उनले पहिलो प्रेमसँग सम्बन्धित प्रस्तुति दिएका थिए । त्यसपश्चातको भोटिङमा दर्शकको मन जित्दै उनले उत्कृष्ट ५ मा प्रवेश पाएका थिए । उत्कृष्ट ५ को प्रस्तुतिका क्रममा उनले चुनावमा टिकट पाउन एक नेताले गरेको संघर्ष र त्यसपश्चात सिर्जना हुनसक्ने सम्भावनाका विषयमा व्यङ्ग्य गरेका थिए । प्रतियोगितामा अग्रज कलाकार सन्तोष पन्त, लोकप्रिय हाँस्य कलाकार मनोज गजुरेल, निर्देशक प्रदिप भट्टराई र चर्चित नायिका ऋचा शर्माले निर्णायकको भूमिका निभाईरहेका छन् ।

आदरणिय दर्शकबिन्द तपाईलाई यो भिडियो कस्तो लाग्यो ? तपाईको विचारमा कमेडी च्याम्पियनको पहिलो विजेता को बन्नेछ छ ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुमा लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*