कमेडी च्याम्पियनबाट आदर्श बाहिरिँदा निर्णायक पनि दुःखी

१ फाल्गुन २०७६, बिहीबार १२:५१
Featured Video Play Icon

मकवानपुर, १ फागुन । नेपालको पहिलो स्ट्याण्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ बाट कमेडियन आदर्शकुमार मिश्रा बाहिरिएका छन् । उत्कृष्ट ६ सम्म पुगेका आदर्श यस हप्ता शोबाट बाहिरिएका हुन् । पब्लिक भोटको कमि भएका कारण उनी शोबाट बाहिरिएका हुन् ।मधेसका सानका रुपमा उभिएका आदर्शलाई च्याम्पियनको उपाधि दाबेदारको रुपमा हेरिएको थियो । आदर्श जितपुर बारा निवासी हुन् । २० वर्षीय आदर्श सटायर हान्ने कमेडीयनका रुपमा चर्चित छन् । हेर्नुहोस् भिडियो-

विभिन्न विधामा दमदार हाँस्यव्यंग्य प्रस्तुत गर्दै आएका आदर्श बाहिरिँदा निर्णायकहरु समेत दुःखी बनेका थिए । आदर्श बाहिरिएसँगै उत्कृष्ट ५ जना प्रतियोगीहरु छानिएका छन् । उत्कृष्ट ५ मा विष्णुप्रसाद गौडेल मेक्सम, हिमेश पन्त, खड्गबहादुर पुन मगर, सुमन कार्की र सुमन कोईराला रहेका छन् । आदरणिय दर्शकबिन्द तपाईलाई यो भिडियो कस्तो लाग्यो ? तपाईको विचारमा कमेडी च्याम्पियनको पहिलो विजेता को बन्नेछ ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*