छानिए कमेडी च्याम्पियनका उत्कृष्ट ५ कमेडियनहरु

२८ माघ २०७६, मंगलवार २०:१७
Featured Video Play Icon

मकवानपुर, २८ माघ । नेपालको पहिलो स्ट्याण्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ मा उत्कृष्ट ५ प्रतियोगीहरु छानिएका छन् । कमेडी च्याम्पियनको उत्कृष्ट ६ मा पर्न सफल आदर्शकुमार मिश्र भोटिङका आधारमा बाहिरिएसँगै उत्कृष्ट ५ जना प्रतियोगीहरु छानिएका हुन् । उत्कृष्ट ५ मा विष्णुप्रसाद गौडेल मेक्सम, हिमेश पन्त, खड्गबहादुर पुन मगर, सुमन कार्की र सुमन कोईराला रहेका छन् । यस भिडियो सामग्रीमा यी नै प्रतियोगीहरुका बारेमा छोटो चर्चा गरिएको छ ।

१) विष्णुप्रसाद गौडेल, मेक्सम– कमेडी च्याम्पियनको उत्कृष्ट ५ मा पर्न सफल पहिलो प्रतियोगी हुन् विष्णुप्रसाद गौडेल । मेक्सम गौडेलका नामले समेत चिनिने विष्णु स्याङ्जा निवासी हुन् । उनको डायलग डेलिभरी र प्रस्तुत गर्ने शैलीलाई राम्रो मानिएको छ । उनले उत्कृष्ट ५ को प्रस्तुतिमा चुनाव पाउन एक नेताले गरेको संघर्ष र त्यसपश्चात सिर्जना हुनसक्ने सम्भावनाका विषयमा व्यङ्ग्य गरेका थिए । हेरौँ भिडियो–

२) हिमेश पन्त– कमेडी च्याम्पियनको उत्कृष्ट ५ मा पर्न सफल दोस्रो प्रतियोगी हुन् हिमेश पन्त । धादिङ निवासी हिमेशले कमेडी च्याम्पियनको सेटमा फरक–फरक कमेडी प्रस्तुत गर्दै हँसाउँदै आएका छन् । उनी राजनीतिका विषयमा कमेडी गर्न निकै सक्षम देखिन्छन् । उत्कृष्ट ५ को प्रस्तुतिका क्रममा उनले टेलिभिजन च्यानलमा कार्यक्रमका बिचमा आउने विज्ञापनका विषयमा व्यङ्ग्य गरेका थिए ।

३) खड्गबहादुर पुन मगर– कमेडी च्याम्पियनको उत्कृष्ट ५ मा पर्न सफल तेस्रो प्रतियोगी हुन् खड्गबहादुर पुन मगर । रोल्पा निवासी खड्गबहादुर वाईल्ड कार्ड ईन्ट्रीमा सर्वाधिक भोट प्राप्त गर्दै उत्कृष्ट ७ मा प्रवेश गरेका थिए । त्यस पश्चात भोटिङमार्फत उनी उत्कृष्ट ६ हुँदै उत्कृष्ट ५ मा पुगेका हुन् । उनको सरल कमेडीले सबैको मन जित्ने गरेको छ । उनले उत्कृष्ट ५ को प्रस्तुतिका क्रममा जनआन्दोलन तथा नेपालको राजनीतिको उथलपुथलका बारेमा प्रस्तुति दिएका छन् ।

४) सुमन कार्की– कमेडी च्याम्पियनको उत्कृष्ट ५ मा पर्न सफल चौथो प्रतियोगी हुन् सुमन कार्की । मोरङ निवासी सुमन कार्की सबैलाई हँसाउन सफल छन् । उनी एकपटक पर्फोमर अफ द राउण्ड समेत घोषित भएका थिए ।

५) सुमन कोईराला– कमेडी च्याम्पियनको उत्कृष्ट ५ मा पर्न सफल पाँचौँ प्रतियोगी हुन् सुमन कोईराला । अर्गानिक कमेडियनका रुपमा चिनिएका सुमन ईटहरी निवासी हुन् । वाईल्ड कार्ड ईन्ट्रीमा उनको प्रस्तुतिलाई सर्वाधिक रुचाइएको थियो । उनी वाईल्डकार्ड राउण्डमा पर्फमर अफ द डे घोषित हुँदै उत्कृष्ट ७ मा परेका थिए । त्यसपश्चात उनी दले दाईका नामले चर्चित बनेका छन् । उत्कृष्ट ७ हुँदै उनी उत्कृष्ट ५ मा आईपुगेका छन् । उनी दुई पटक पर्फोमर अफ द राउण्ड घोषित भएका थिए । आदरणिय दर्शकबिन्द तपाईलाई यो भिडियो कस्तो लाग्यो ? तपाईको विचारमा कमेडी च्याम्पियनको पहिलो विजेता को बन्नेछ ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*