नेशनलाई फेरि अर्को अवार्ड

२८ माघ २०७६, मंगलवार २०:१२
Featured Video Play Icon

मकवानपुर, २८ माघ । नेपाल आईडल सिजन ३ को उत्कृष्ट १० मा पर्न सफल नेशन पुन मगरले पून अर्को अवार्ड जितेका छन् । पोखराका नेशनले गाला राउण्डको तेस्रो हप्तामा उत्कृष्ट १० अन्तर्गत प्रस्तुति दिने क्रममा ‘अपलिफ्टिङ पर्फोमेन्स अफ द डे’ को अवार्ड जितेका हुन् । यो अवार्डसँगै नेशनले नेपाल आईडलमा अहिलेसम्म ३ वटा अवार्ड जितेका छन् । उनले पोखरा अडिसनबाट बर्जर ग्लामर मोमेन्ट अफ द डे अवार्ड र गाला राउण्डको तेस्रो हप्ता मेघा श्रेष्ठसँगको जोडी प्रस्तुतिका क्रममा पनि अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड जितेका थिए । उनले गाला राउण्डको पहिलो हप्ता सर्वाधिक भोट पनि प्राप्त गरेका थिए । हेरौँ भिडियो–

उत्कृष्ट १० को प्रस्तुतिका क्रममा नेशनले नेपथ्य ब्याण्डको ‘भेडाको उन जस्तो’ बोलको गीत प्रस्तुत गरेका थिए । फरकधारमा उक्त गीतलाई प्रस्तुत गरेका नेशनको प्रस्तुतिमा विशेष अतिथि सहित सबै निर्णायक र दर्शकहरुले स्टाण्डिङ अवेशन दिएका थिए । नेपाल आईडलको स्टेजमा तहल्का मच्चाउन सफल नेशनको यो प्रस्तुतिले सिजन ३ लाई नै थप उचाईमा पुराएको विश्लेषण समेत गरिएको छ । उनको प्रस्तुतिमा सबै निर्णायकहरुले सकरात्मक कमेन्ट गरेका थिए । सर्वाधिक रुचाइएका नेशन २० वर्षका छन् । सानोमा फुटबलमा रुचि भएता पनि उनका बुवाले उनलाई फुटबलको सट्टा गितार किनिदिए अनि दाईले गितार सिकाईदिए । त्यसपछि नै उनी संगीतको यात्रामा सरिक भएका हुन् । औपचारिक रुपमा संगित नसिकेतापनि उनले अनलाईनबाट संगीत बारे धेरै कुराहरु सिकेका छन् । विभिन्न कभर गीत समेत गाएका नेशनले अहिलेसम्म आफ्नै गीत भने सार्वजनिक गरेका छैनन् । उनी पोखराको ‘एमपी’ ब्याण्डमा आवद्ध छन् । उनले नेपाल आईडलको दोस्रो सिजनमा समेत सहभागिता जनाएका थिए ।

नेशनको भोटिङ कोड एनआई ०८ हो । उनलाई भोट गर्नका लागि नेपालबाट उनको भोटिङ कोड लेखेर एनटिसी, स्मार्ट सेल र एनसेलबाट ३७००० मा म्यासेज गर्न सकिन्छ । त्यस्तै १६६६७७०८ डायल गरेर उनलाई भोट गर्न सकिन्छ भने भारतबाट भोडाफोन मापःर्mत ५३०१० मा, कतारबाट ओरेडुमार्फत ९२३०० मा र मलेसियाबाट अल टेलिकोसमार्फत ३३३१० मा म्यासेज गर्न सकिन्छ । उनलाई रेस्पेक्ट एण्ड राईज एपबाट तपाईले चाहानुभएको जति रकमको प्याकेज भोट एकैपटक गर्न सक्नुहुन्छ । आदरणिय दर्शकविन्द तपाईलाई यो भिडियो कस्तो लाग्यो ? तपाईको विचारमा नेपाल आईडन सिजन ३ को विजेता को बन्नेछ ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*