मेघा र नेशनको जोडी उत्कृष्ट, अपलिफ्टिङ पर्फोमस् अवार्ड प्रदान

२६ माघ २०७६, आईतवार २१:२६
Featured Video Play Icon

मकवानपुर, २६ माघ । चर्चित सिंगिङ रियालिटी शो ‘नेपाल आईडल सिजन ३’ मा मेघा श्रेष्ठ र नेशन पुन मगरको जोडीले कोकाकोला अपलिफ्टिङ पर्फोमेन्स अफ द डे अवार्ड’ प्राप्त गरेका छन् । गाला राउण्डको तेस्रो हप्ता भएको ईलिमिनेसन एपिसोडमा मेघा र नेशनले उक्त अवार्ड प्राप्त गरेका हुन् ।
जोडी प्रस्तुतिका क्रममा उनीहरुले ब्रिजेश श्रेष्ठ र वर्षा कर्माचार्यको आवाजमा रहेको ‘ओ मैचा’ बोलको गीत प्रस्तुत गरेका थिए । नेवारी भेषभुषामा प्रस्तुति दिएका उनीहरुको उत्कृष्ट प्रस्तुतिमा निर्णायकहरुले स्टाण्डिङ अवेशन दिएका थिए । तिनै जना निर्णायक र विशेष अतिथि कुन्ती मोक्तान र शिलाबहादुर मोक्तानले उनीहरुको खुलेर तारिफ समेत गरेका छन् । अवार्ड जितेसँगै उनीहरुले नगद २० हजार रुपैयाँ प्राप्त गरेका छन् । नेशन र मेघा दुबै जना उत्कृष्ट १० मा छन् । हेर्नुहोस् भिडियो–

मेघा श्रेष्ठ नेपाल आईडल सिजन ३ को एकमात्र गोल्डेन माईक विजेता हुन् । मेघाले गोल्डेन माईकसँगै गाला राउण्डमा ४ वटा अवार्ड जितिसकेकी छिन् । मेघाले गाला राउण्डको पहिलो हप्ता बर्जर ग्लामर मोमेन्ट अफ द विक अवार्ड जितेकी थिईन् । त्यस्तै गाला राउण्डको दोस्रो हप्ता मिग्मा लामासँगको जोडी प्रस्तुतिमा उनले कोकाकोला अपलिफ्टिङ पर्फोमेन्स अफ द डे, तेस्रो हप्ता नेशन पुन मगरसँगको जोडी प्रस्तुतिमा पनि कोकाकोला अपलिफ्टिङ पर्फोमेन्स अफ द डे अवार्ड र तेस्रो हप्ता नै उनले रेस्पेक्ट पर्फोमेन्स अफ द विक अवार्ड जितेकी छिन् ।

मेघाको भोटिङ कोड एनआई ०५ हो । उनलाई भोट गर्नका लागि नेपालबाट उनको भोटिङ कोड लेखेर एनटिसी, स्मार्ट सेल र एनसेलबाट ३७००० मा म्यासेज गर्न सकिन्छ । त्यस्तै १६६६७७०५ डायल गरेर उनलाई भोट गर्न सकिन्छ भने भारतबाट भोडाफोन मापःर्mत ५३०१० मा, कतारबाट ओरेडुमार्फत ९२३०० मा र मलेसियाबाट अल टेलिकोसमार्फत ३३३१० मा म्यासेज गर्न सकिन्छ । उनलाई रेस्पेक्ट एण्ड राईज एपबाट तपाईले चाहानुभएको जति रकमको प्याकेज भोट एकैपटक गर्न सक्नुहुन्छ ।

मेघा श्रेष्ठ नेपाल आईडल सिजन ३ को एकमात्र गोल्डेन माईक विजेता हुन् । २४ वर्षीया मेघा काठमाडौँ बसुन्धारा निवासी हुन् । मेघा कक्षा ८ मा अध्ययन गर्दाको समयदेखि नै सँगीत क्षेत्रमा सक्रिय थिईन् । त्यस समयमा नै ब्याण्ड प्रस्तुतिका क्रममा स्टेजमा उत्रने गरेको उनी सम्झन्छिन् । विभिन्न प्रतियोगिताहरुमा सहभागी भएर पुरस्कार समेत जितेकी मेघाले १५ वर्षको उमेरमा भ्वाईस अफ टिनमा समेत सहभागिता जनाएकी थिईन् । संगीतलाई आफ्नो जीवनको अभिन्न अंग भन्न रुचाउने मेघाले ‘उमन ईन कन्सर्ट’ नामक प्रतियोगितमाा ट्यालेन्ट हन्टको उपाधी जितेकी थिईन् । उक्त शोकी आयोजक गायिका अभाया सुब्बाले नै उनलाई गायन कलामा अब्बल हुने तरिकाहरु सिकाएको मेघा बताउँछिन् । मेघो औपचारिक रुपमा संगीत भने नसिकेको बताउँछिन् । उनी आफ्नी आमालाई जीवनको पिल्लरको रुपमा परिभाषित गर्छिन् । उनको संगीत यात्रामा उनको आफन्तको पनि साथ छ । मेघाको हजुरबुवा विभिन्न बाजाहरु बजाउन सिपालु छन् । उनका आमा र बुवा पनि गीत गुनगुनाउँछन् । एकप्रकारले साँगितिक परिवारमै मेघा हुर्किएकी हुन् । मेघालाई उनकी आमाले नै नेपाल आईडलमा भाग लिन प्रेरणा दिएकी हुन् । फुडमाण्डुमा कार्यरत मेघाले औपचारिक अध्ययन समेत पुरा गरिसकेकी छिन् ।

पोखराका नेशन पुन मगरले नेपाल आईडलको तेस्रो सिजनमा अहिलेसम्म ३ वटा अवार्ड जितेका छन् । उनले पोखरा अडिसनबाट बर्जर ग्लामर मोमेन्ट अफ द डे अवार्ड, गाला राउण्डको तेस्रो हप्ता मेगा श्रेष्ठसँगको जोडी प्रस्तुतिका क्रममा कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड र तेस्रो हप्ताकै दोस्रो एपिसोडमा कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड जितेका थिए । साथै उनले गाला राउण्डको पहिलो हप्ता सर्वाधिक भोट प्राप्त गरेका थिए । उत्कृष्ट १२ मा परेकाहरुमध्ये नेशनले सर्वाधिक भोट प्राप्त गरेका हुन् । ‘हाईएस्ट भोटेट कन्टेस्टेन्ट’ बनेका नेशन २० वर्षका छन् । सानोमा फुटबलमा रुचि भएता पनि उनका बुवाले उनलाई फुटबलको सट्टा गितार किनिदिए अनि दाईले गितार सिकाईदिए । त्यसपछि नै उनी संगीतको यात्रामा सरिक भएका हुन् । औपचारिक रुपमा संगित नसिकेतापनि उनले अनलाईनबाट संगीत बारे धेरै कुराहरु सिकेका छन् । विभिन्न कभर गीत समेत गाएका नेशनले अहिलेसम्म आफ्नै गीतभने सार्वजनिक गरेका छैनन् । उनी पोखराको ‘एमपी’ ब्याण्डमा आवद्ध छन् । यसअघि नेपाल आईडलको दोस्रो सिजनमा समेत सहभागी भएका उनले पोखरा अडिसनबाट बर्जर ग्लामर मोमेन्ट अफ द डे पनि जितेका थिए ।

नेशनको भोटिङ कोड एनआई ०८ हो । उनलाई भोट गर्नका लागि नेपालबाट उनको भोटिङ कोड लेखेर एनटिसी, स्मार्ट सेल र एनसेलबाट ३७००० मा म्यासेज गर्न सकिन्छ । त्यस्तै १६६६७७०८ डायल गरेर उनलाई भोट गर्न सकिन्छ भने भारतबाट भोडाफोन मापःर्mत ५३०१० मा, कतारबाट ओरेडुमार्फत ९२३०० मा र मलेसियाबाट अल टेलिकोसमार्फत ३३३१० मा म्यासेज गर्न सकिन्छ । उनलाई रेस्पेक्ट एण्ड राईज एपबाट तपाईले चाहानुभएको जति रकमको प्याकेज भोट एकैपटक गर्न सक्नुहुन्छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*