कमेडी च्याम्पियनको उत्कृष्ट ५ मा सुमन कोईराला

२६ माघ २०७६, आईतवार २१:०८
Featured Video Play Icon

मकवानपुर, २६ माघ । नेपालको पहिलो स्ट्याण्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को उत्कृष्ट ५ मा ईटहरीका सुमन कोईराला छनौट भएका छन् । बहुप्रतिभाशाली सुमनले उत्कृष्ट ६ मा दिएको प्रस्तुति पश्चात ‘पर्फोमर अफ द राउण्ड’ बन्दै उत्कृष्ट ५ मा छनौट भएका हुन् । अर्गानिक कमेडियनका रुपमा चिनिएका सुमन ईटहरी निवासी हुन् । वाईल्ड कार्ड ईन्ट्रीमा उनको प्रस्तुतिलाई सर्वाधिक रुचाइएको थियो । उनी वाईल्डकार्ड राउण्डमा पनि पर्फमर अफ द राउण्ड घोषित हुँदै उत्कृष्ट ७ मा परेका थिए । त्यसपश्चात उनी दले दाईका नामले चर्चित बनेका छन् । उत्कृष्ट ७ हुँदै उनी भोटका आधारमा उत्कृष्ट ६ का लागि छनौट भएका थिए । हेर्नुहोस् भिडियो–

उत्कृष्ट ६ को प्रस्तुतिका क्रममा उनले समानुपातिक तर्फबाट सांसदमा छनौट भएका नेताका रुपमा प्रस्तुति दिएका थिए । प्रस्तुतिका क्रममा उनले समानाुपातिक सांसद हुनका लागि गर्नुपरेको पार्टीको संघर्ष, सांसद बनेपछि दुतावासमा मन्त्रीका लागि सिफारिस गर्नुपर्ने लगायतका विषयमा व्यंग्य गरेका थिए । त्यस्तै वाक स्वतन्त्रताका विषयमा पनि व्यंग्य गर्दै उनले निर्णायकहरुको मन जितेका हुन् । निर्णायकहरुले दिएको मतको आधारमा उनी उत्कृष्ट ५ का लागि छानिएका हुन् । उत्कृष्ट ६ मा प्रस्तुति दिएका आदर्शकुमार मिश्रा, विष्णुप्रसाद गौडेल मेक्सम, हिमेश पन्त, खड्गबहादुर पुन मगर र सुमन कोईराला भने भोटिङमा गएका छन् । प्रतियोगितामा अग्रज कलाकार सन्तोष पन्त, लोकप्रिय हाँस्य कलाकार मनोज गजुरेल, निर्देशक प्रदिप भट्टराई र चर्चित नायिका ऋचा शर्माले निर्णायकको भूमिका निभाईरहेका छन् ।

आदरणिय दर्शकबिन्द तपाईलाई यो भिडियो कस्तो लाग्यो ? तपाईको विचारमा कमेडी च्याम्पियनको पहिलो विजेता को बन्नेछ छ ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुमा लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*