कमेडी च्याम्पियनबाट बाहिरिए सजन श्रेष्ठ

२३ माघ २०७६, बिहीबार १७:२५
Featured Video Play Icon

मकवानपुर, २३ माघ । नेपालको पहिलो स्ट्याण्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ बाट चर्चित कमेडियन सजन श्रेष्ठ बाहिरिएका छन् । विभिन्न पात्रहरुका रुपमा उत्कृष्ट प्रस्तुति दिएका सजन उत्कृष्ट ७ सम्म पुगेका थिए । निर्णायकहरुको मत र दर्शकको भोटिङका आधारमा उनी उत्कृष्ट ५ मा पर्नबाट चुकेका हुन् ।

काठमाडौँ निवासी सजन मासलाई हँसाउन खप्पिस कमेडियनका रुपमा चिनिएका छन् । सजन बाहिरिएसँगै कमेडी च्याम्पियनको उत्कृष्ट ६ मा आदर्शकुमार मिश्रा, विष्णुप्रसाद गौडेल मेक्सम, हिमेश पन्त, खड्गबहादुर पुन मगर, सुमन कार्की र सुमन कोईराला छनौट भएका छन् । शोमा अग्रज कलाकार सन्तोष पन्त, लोकप्रिय हाँस्य कलाकार मनोज गजुरेल, निर्देशक प्रदिप भट्टराई र चर्चित नायिका ऋचा शर्माले निर्णायकको भूमिका निभाईरहेका छन् । आदरणिय दर्शकबिन्द तपाईलाई यो भिडियो कस्तो लाग्यो ? तपाईको विचारमा कमेडी च्याम्पियनको पहिलो विजेता को बन्नेछ छ ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुमा लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् । हेर्नुहोस् भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*