नेपाल आईडलमा मुस्कान रानाभाटलाई पहिलो अवार्ड

२० माघ २०७६, सोमबार १७:०६
Featured Video Play Icon

मकवानपुर, २० माघ । चर्चित सिंगिङ रियालिटी शो ‘नेपाल आईडल’ सिजन ३ मा पोखराकी मुस्कान रानाभाटलके अर्को सफलता प्राप्त गरेकी छिन् । मुस्कानले गाला राउण्डको दोस्रो हप्ताको प्रस्तुतिमा ‘बर्जर ग्लामर मोमेन्ट अफ द विक’ अवार्ड जितेकी छिन् । शुक्रबारको प्रस्तुतिमा निकै नै रोमान्टिक प्रस्तुति दिएकी मुस्कानले सोही प्रस्तुतिबाट अवार्ड जित्न सफल भएकी हुन् । अवार्ड जितेसँगै उनले आकर्षक पुरस्कार समेत प्राप्त गरेकी छिन् । हेरौँ भिडियो–

शुक्रबार मुस्कानले डेजी बराईली र दावा ग्याल्मोको आवाजमा रहेको ‘मायालुले’ बोलको गीत प्रस्तुत गरेकी थिईन् । निर्णायक कालिप्रसाद बासकोटाको तस्बिर बोकेर सुन्दर प्रस्तुति दिएकी मुस्कानको गायकी र प्रस्तुतिलाई निर्णायकहरुले प्रशंसा गरेका छन् । नेपाल आईडल सिजन ३ मा फरक प्रस्तुतिहरु दिएर चर्चामा आएकी प्रतियोगी हुन् मुस्कान रानाभाट । २२ वर्षिया मुस्काले संगीत विषयमै स्नातक अध्ययन गरिरहेकी छिन् । ९ वर्षको उमेरमा नै ‘बेबी मुस्कान’ नामक एल्बम निकालेकी मुस्कान सानै उमेरदेखि सँगीतको क्षेत्रमा लागेकी हुन् । सानोमा गाउन नजाने पनि गाउँछु भन्दै अग्रसरता देखाएको उनी सम्झन्छिन् । सानोमा साईबाबाको भजन गाउने गरेकी मुस्कानले साँगितिक परिवारमै हुर्कने मौका पाएकी थिईन् । बुवा साँगितिक बाजाहरु ब्जाउने र आमा गाउने कलामा निपुण भएका कारण मुस्कानले पनि संगीतमा रुचि राख्दै अघि बढेकी हुन् । संगीतकार बन्ने बुवा र आमाको सपनालाई अहिले मुस्कानले अघि बढाएकी छिन् । आफु सहभागी भएको कुनै पनि साँगितिक कार्यक्रममा प्रथम हुने गरेकी मुस्कानलाई उनका परिवारले पनि संगीतमै करियर बनाउन मदत गरेका छन् ।

मुस्कानको भोटिङ कोड एनआई ०७ हो । उनलाई भोट गर्नका लागि नेपालबाट उनको भोटिङ कोड लेखेर एनटिसी, स्मार्ट सेल र एनसेलबाट ३७००० मा म्यासेज गर्न सकिन्छ । त्यस्तै १६६६७७०७ डायल गरेर उनलाई भोट गर्न सकिन्छ भने भारतबाट भोडाफोन मार्फत ५३०१० मा, कतारबाट ओरेडुमार्फत ९२३०० मा र मलेसियाबाट अल टेलिकोसमार्फत ३३३१० मा म्यासेज गर्न सकिन्छ । उनलाई रेस्पेक्ट एण्ड राईज एपबाट तपाईले चाहानुभएको जति रकमको प्याकेज भोट एकैपटक गर्न सक्नुहुन्छ । आदरणिय दर्शकविन्द तपाईलाई यो भिडियो कस्तो लाग्यो ? तपाईको विचारमा नेपाल आईडल सिजन ३ को विजेता को बन्नेछ ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*