मेघा श्रेष्ठ र मिग्मा लामाको प्रस्तुति उत्कृष्ट, रेस्पेक्ट पर्फोमेन्स अवार्ड प्रदान

१९ माघ २०७६, आईतवार १६:४२
Featured Video Play Icon

मकवानपुर, १९ माघ । चर्चित सिंगिङ रियालिटी शो ‘नेपाल आईडल’ सिजन ३ मा एकमात्र गोल्डेन माईक विजेता मेघा श्रेष्ठ र मिग्मा लामाले ‘कोकाकोला अपलिफ्टिङ पर्फोमेन्स अफ द डे’ अवार्ड प्राप्त गरेका छन् । बिहिबार युगल प्रस्तुतिमा यी दुई प्रतियोगीहरुको गायन प्रस्तुति उत्कृष्ट भएसँगै उनीहरुले उक्त अवार्ड जितेका हुन् । अवार्ड जितेसँगै मेघा र मिग्माले नगद २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । बिहिबार मेघा र मिग्माले कालिप्रसाद बासकोटाको आवाजमा रहेको ‘हेरिहन देऊ मलाई’ बोलको गीतमा उत्कृष्ट प्रस्तुति दिएका थिए । उनीहरुको रेस्पेक्ट प्रस्तुतिमा तिनै जना निर्णायक, विशेष अतिथि गायिका मेलन नेवारका साथै सहभागी र दर्शकहरुले स्टाण्डिङ अवेशन दिएका थिए । गीतका गायक, गीतकार तथा निर्णायक कालिप्रसाद बासकोटाले उनीहरुको भर्सनलाई उत्कृष्ट भर्सनको संज्ञा दिए । निर्णायकहरुले दुबै प्रतियोगीहरुको निकै तारिफ गरे । मेघा र मिग्मा दुबै जना उत्कृष्ट ११ को लागि छनौट भएका छन् । हेरौँ भिडियो–

मेघाले गाला राउण्डको पहिलो हप्ता बर्जर ग्लामर मोमन्ट अफ द विक अवार्ड समेत जितेका थिए । मेघाको भोटिङ कोड एनआई ०५ हो । उनलाई भोट गर्नका लागि नेपालबाट उनको भोटिङ कोड लेखेर एनटिसी, स्मार्ट सेल र एनसेलबाट ३७००० मा म्यासेज गर्न सकिन्छ । त्यस्तै १६६६७७०५ डायल गरेर उनलाई भोट गर्न सकिन्छ भने भारतबाट भोडाफोन मापःर्mत ५३०१० मा, कतारबाट ओरेडुमार्फत ९२३०० मा र मलेसियाबाट अल टेलिकोसमार्फत ३३३१० मा म्यासेज गर्न सकिन्छ । उनलाई रेस्पेक्ट एण्ड राईज एपबाट तपाईले चाहानुभएको जति रकमको प्याकेज भोट एकैपटक गर्न सक्नुहुन्छ ।

मेघा श्रेष्ठ नेपाल आईडल सिजन ३ को एकमात्र गोल्डेन माईक विजेता हुन् । २४ वर्षीया मेघा काठमाडौँ बसुन्धारा निवासी हुन् । मेघा कक्षा ८ मा अध्ययन गर्दाको समयदेखि नै सँगीत क्षेत्रमा सक्रिय थिईन् । त्यस समयमा नै ब्याण्ड प्रस्तुतिका क्रममा स्टेजमा उत्रने गरेको उनी सम्झन्छिन् । विभिन्न प्रतियोगिताहरुमा सहभागी भएर पुरस्कार समेत जितेकी मेघाले १५ वर्षको उमेरमा भ्वाईस अफ टिनमा समेत सहभागिता जनाएकी थिईन् । संगीतलाई आफ्नो जीवनको अभिन्न अंग भन्न रुचाउने मेघाले ‘उमन ईन कन्सर्ट’ नामक प्रतियोगितमाा ट्यालेन्ट हन्टको उपाधी जितेकी थिईन् । उक्त शोकी आयोजक गायिका अभाया सुब्बाले नै उनलाई गायन कलामा अब्बल हुने तरिकाहरु सिकाएको मेघा बताउँछिन् । मेघो औपचारिक रुपमा संगीत भने नसिकेको बताउँछिन् । उनी आफ्नी आमालाई जीवनको पिल्लरको रुपमा परिभाषित गर्छिन् । उनको संगीत यात्रामा उनको आफन्तको पनि साथ छ । मेघाको हजुरबुवा विभिन्न बाजाहरु बजाउन सिपालु छन् । उनका आमा र बुवा पनि गीत गुनगुनाउँछन् । एकप्रकारले साँगितिक परिवारमै मेघा हुर्किएकी हुन् । मेघालाई उनकी आमाले नै नेपाल आईडलमा भाग लिन प्रेरणा दिएकी हुन् । फुडमाण्डुमा कार्यरत मेघाले औपचारिक अध्ययन समेत पुरा गरिसकेकी छिन् ।

हेटौँडा निवासी मिग्मा लामाले पियानो राउण्डमा बर्जर ग्लामर मोमेन्ट अफ द उईक अवार्ड समेत जितेकी थिईन् । मिग्माको भोटिङ कोड एनआई ०६ हो । उनलाई भोट गर्नका लागि नेपालबाट उनको भोटिङ कोड लेखेर एनटिसी, स्मार्ट सेल र एनसेलबाट ३७००० मा म्यासेज गर्न सकिन्छ । त्यस्तै १६६६७७०६ डायल गरेर उनलाई भोट गर्न सकिन्छ भने भारतबाट भोडाफोन मार्फत ५३०१० मा, कतारबाट ओरेडुमार्फत ९२३०० मा र मलेसियाबाट अल टेलिकोसमार्फत ३३३१० मा म्यासेज गर्न सकिन्छ । उनलाई रेस्पेक्ट एण्ड राईज एपबाट तपाईले चाहानुभएको जति रकमको प्याकेज भोट एकैपटक गर्न सक्नुहुन्छ ।

नेपाल आईडलको स्टेजमा रक स्टारको छवि बनाएकी मिग्मा लामाले आफुलाई मेलोडी क्विनका रुपमा समेत प्रस्तुत गरेकी छिन् । २१ वर्षीया मिग्मा स्केचेच ब्याण्डमा आवद्ध छिन् । साँगितिक आकासमा चम्कँदै गरेकी मिङ्माले केही गायन प्रतियोगिताहरुमा भाग लिनुका साथै केही कभर तथा ओरिजिनल गीतहरु समेत गाएकी छिन् । स्कुल पढ्दाको समयदेखि नै विद्यालयस्तरमा हुने गायन प्रतियोगिता तथा हेटौँडाका विभिन्न कन्सर्टहरुमा समेत सक्रिय सहभागी भएकी मिग्माले औपचारिक रुपमा ३ महिनाको मात्र संगीतको कोर्ष गरेकी छिन् । हाल स्नातक अध्ययनरत मिग्मा कुनै समय विभिन्न लाईभ कार्यक्रमहरुमा समेत सहभागी हुन्थिन् । उनले भ्वाईस अफ नेपालको पहिलो सिजनमा पनि सहभागिता जनाएकी थिईन् । सँगीतलाई आत्माविश्वास बढाउने मेडिटेसनको रुपमा परिभाषित गर्ने मिग्माले निरन्तर संगीतको शिखरतर्फ आफ्नो पाईला बढाउँदैछिन् । आदरणिय दर्शकविन्द तपाईलाई यो भिडियो कस्तो लाग्यो ? तपाईको विचारमा नेपाल आईडल सिजन ३ को विजेता को बन्नेछ ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*