नेपाल आईडलबाट बाहिरिएकी स्वस्तिका ढकालको भावुक सन्देश

१८ माघ २०७६, शनिबार १९:०७
Featured Video Play Icon

मकवानपुर, १७ माघ । चर्चित सिंगिङ रियालिटी शो ‘नेपाल आईडल’ सिजन ३ को उत्कृष्ट १२ बाट मकवापुरको हेटौँडा निवासी स्वस्तिका ढकाल बाहिरिएकी छिन् । उत्कृष्ट १२ को पहिलो प्रस्तुति पश्चात सुरु भएको भोटिङ राउण्डमा दर्शकको भोट र निर्णायकको अंकका आधारमा उनी प्रतियोगिताबाट बाहिरिएकी छिन् । उनी भोटकै कमिका कारण उत्कृष्ट ११ मा पर्नबाट चुकेकी छिन् । आईडलबाट बाहिरिएसँगै उनले एउटा भावुक सन्देश आफ्नो फेसबुक एकाउन्ट मार्फत सार्वजनिक गरेकी छिन् । हेर्नुहोस् भिडियो–

उनी उक्त सन्देशमा अगाडि लेख्छिन्–
सबैमा नमस्कार, नेपाली गीत संगीतमा केही नयाँ अनि,केही राम्रो गर्ने सपनाको ठुलो भारी बोकेर जीवनको सानै उमेरदेखि यहीँ संगीतको तलाउमा डुबुल्की मार्दै यहाँ सम्म आइपुगेँ । अफ्नो परिवार अनि आफ्नालाई ढाँटेरै भएपनि गीत संगीतप्रतिको मेरो प्यास मेटाउन मैले संगीतको विद्यालयमा संगीत सिकेँ । त्यहीँ सिकाइले आज म यहाँसम्म आईपुगेँ । यसलाई मैले मेरो जीवनको ठूलो उपलब्धि सम्झेकी छु । जिन्दगीमा सफल हुने सपना हरेक मानिसले देख्छन् । त्यै सपना देख्ने मानिसहरुको भिडमा उभिएकी मानिस मध्य म पनि एक हुँ । तर, देखेका सबै सपना कहाँ पूरा हुदो रहेछन् र ! अनि, देखेका सबै सपना एकैपटक पूरा हुने हो भने बिपना यति रंगिन कहाँ हुन्थ्यो र ! जन्मदै मानिसले कहाँ अनि के सिकेर आएको हुन्छ र ! जिन्दगी बाँच्दै जाँदा ,समयसंगै अगाडी जाँदा हरेक चिज बिस्तार सिकिदै जाने रहेछ । नेपाल आईडलको अडिसन राउन्ड देखि यहाँसम्म आइपुग्नु मेरो लागि आफैंमा एउटा ठूलो उपलब्धि हो । यो बीचमा मैले नेपाली गीत संगीत सम्बन्धि अझ थुप्रै कुराहरु सिक्ने अवसर पाएँ । यसलाई मैले मेरो जीवनको अहिलेसम्मकै ठुलो उपलब्धि र अवसर ठानेकी छु । नेपाल आईडलको यस प्रतिस्पर्धाबाट म बाहिरिएपनि नेपाली गीत संगितप्रतिको मेरो लगाव कहिल्यै बाहिरिने छैन । मेरो नशामा रगत बनेर संगीत बग्ने गर्दछ । त्यसैले, संगीत मेरो जीवन हो । संगीत बिना म अपुरो छु, अधुरो छु ।

अन्तमा, मलाई माया गर्नुहुने, मेरो आवाजलाई मन पराएर मलाई भोट गर्नुहुने सब्बै प्रिय मनहरुप्रती हार्दिक आभार व्यक्त गर्न चाहन्छु । साथै संगीतको यस प्रतिस्पर्धामा अगाडी बढिरहनुभएका मेरा सबै साथीहरुलाई हार्दिक शुभकामना दिन चाहन्छु । संगै, नेपाल आईडलका मेरा आदरणीय जजहरु लगायत सम्पुर्ण टिमलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु । धन्यवाद !’ नेपाल आईडलको उत्कृष्ट १२ मा पुगेकाहरुमध्ये सम्भवत सबैभन्दा बढी मिडिया कभरेज पाएकी स्वस्तिका शोबाट बाहिरिएपछि दर्शकहरु समेत चकित भएका छन् । उनलाई नेपाल आईडलको उपाधी दाबेदारका रुपमा समेत चर्चा गरिएको थियो । नेपाल आईडल सिजन ३ मा मेलोडियस प्रस्तुति दिएर अघि बढेकी स्वस्तिका मकवानपुरको हेटौँडा ८ कमाने निवासी हुन् । उनी यस अघि सिजन २ मा पनि उत्कृष्ट २० सम्म पुग्न सफल भएकी थिईन् । २३ वर्षीया स्वस्तिकाले सानैमा विद्यालयमा अध्ययन गर्दाको समयदेखि नै साँगितिक क्षेत्रमा आफुलाई अगाडि बढाएकी थिईन् । संगितको औपचारिक शिक्षा नलिएता पनि उनले सानैमा सिकेको बालगीतसँगै उनको संगीतको यात्रा अघि बढेको थियो । अहिलेसम्म ओरिजिनल गीत सार्वजनिक नगरेकी स्वस्तिका संगीतलाई पिडा भुलाउने थेरापीका रुपमा परिभाषित गर्छिन् ।

आदरणिय दर्शकविन्द तपाईलाई यो भिडियो कस्तो लाग्यो ? तपाईको विचारमा नेपाल आईडल सिजन ३ को विजेता को बन्नेछ ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*