नेपालकै ठूलो सिंगिङ रियालिटी शो ‘नेपाल स्टार’ चर्चामा, यसरी हुँदैछ अडिसन

१५ माघ २०७६, बुधबार २१:३४
Featured Video Play Icon

मकवानपुर, १५ माघ । नेपाल टेलिभिजनबाट प्रसारणको तयारीमा रहेको नेपालको आफ्नै सिंगिङ रियालिटी शो ‘ वाईवाई नेपाल स्टार’ अहिले चर्चामा छ । नेपालकै ठूलो भनेर दाबी गरिएको सिंगिङ रियालिटी शोको अडिसन अहिले धमाधम भईरहेको छ । ‘हामी नेपाली हाम्रो आवाज’ को नारा सहित सुरु भएको अडिसनमा प्रतियोगीहरुको समेत उत्साहजनक सहभागिता देखिएको छ । अडिसनका क्रममा कतिपय स्थानहरुमा झाँकी समेत प्रर्दशन भएका छन् भने अडिसन पनि उत्साहजनक देखिएको छ । हेरौँ भिडियो–

१६ वर्षदेखि ४५ वर्ष उमेर समूहका प्रतियोगीहरुले सहभागी हुन पाउने प्रतियोगिताको ८ मध्ये ७ वटा स्थानका अडिसनहरु सकिएको छ । प्रतियोगिताको अन्तिम अडिसन माघ १७ गते काठमाडौँमा हुँदैछ । प्रतियोगिताको पहिलो अडिसन गत पुस १९ गते बुटवलमा भएको थियो । बुटवलस्थित कालिका मानविज्ञान विद्यालयमा भएको अडिसनमा सहभागीहरुको उल्लेख्य सहभागिता सहभागिता रहेको थियो । त्यस्तै दोस्रो अडिसन पुस २२ गते धनगढीमा भएको थियो । सुदुरपश्चिमाञ्चल एकेडेमी सन्तोषी टोलमा भएको अडिसनमा धनगढीका नव गायक गायिकाहरुले सहभागिता जनाएका थिए । प्रतियोगिताको तेस्रो अडिसन पुस २५ गते सुर्खेतमा भएको थियो । सुर्खेतको भैरव उच्च माध्यमिक विद्यालय विरेन्द्रनगरमा भएको अडिसनमा भाग लिनेहरुको भिड लागेको थियो । प्रतियोगिताको चौथो अडिसन पुस २९ गते पर्यटकीय नगरी पोखरामा भएको थियो । पोखराको बाराही उच्च माध्यमिक विद्यालय मालेपाटनमा भएको अडिसनमा सहभागीहरुले आफ्नो आवाज परिक्षण गरेका छन् ।

त्यस्तै प्रतियोगिताको पाँचौँ अडिसन माघ ३ गते चितनवमा भएको थियो । नारायणी नमुना माध्यमिक विद्यालय भरतपुर १० चितवनमा भएको अडिसनमा चितवनका नव गायकगायिकाहरुले सहभागिता जनाएका थिए । छैटौँ अडिसन माघ ६ गते बर्दिवासमा भएको थियो । देउराली उच्च माध्यमिक विद्यालय बर्दिवास १ महोत्तरीमा भएको अडिसनमा उल्लेख्यरुपमा सहभागीहरुले भाग लिएका थिए । प्रतियोगिताको सातौँ अडिसन माघ ९ गते ईटहरीमा भएको थियो । ज्योति माध्यमिक विद्यालय ईटहरी ५ सुनसरीमा भएको अडिसनमा विभिन्न स्थानका सहभागीहरुले अडिसन दिएका छन् । प्रतियोगिताको अन्तिम अडिसन यही माघ १७ गते काठमाडौँमा गरिने तय भएको छ । गोल्डेन गेट ईन्टरनेशनल कलेज पुरानो बानेश्वरमा हुने अडिसनमा देशभरीकै सबैभन्दा बढी सहभागीहरुले अडिसन दिने बताइएको छ । नेपाल स्टारको विजेताले ३५ लाख नगद पुरस्कार सहित अन्य पुरस्कारहरु पाउनेछन् भने फाईनलमा पुगेका थप ३ जनाले ५–५ लाखका दरले पुरस्कार पाउनेछन् । शोमा सुगम संगीतका चर्चित संगितकार आलोक श्री, गायक रामकृष्ण ढकाल र गायिका अञ्जु पन्तले निर्णायक भूमिका निभाएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*