सुमन कार्कीले हँसाएरै ढाले निर्णायक, उत्कृष्ट ६ मा ईन्ट्री

१५ माघ २०७६, बुधबार २१:३०
Featured Video Play Icon

मकवानपुर, १५ माघ । नेपालको पहिलो स्ट्याण्ड अप कमेडी प्रतियोगिता ‘कमेडी च्याम्पियन’ को उत्कृष्ट ६ मा मोरङका सुमन कार्की छनौट भएका छन् । बहुप्रतिभाशाली सुमनले उत्कृष्ट ७ मा ‘पर्फोमर अफ द राउण्ड’ बन्दै उत्कृष्ट ६ मा परेका हुन् । हरेक हप्ता फरक विषयमा दर्शक र निर्णायकलाई निकै नै चकित पार्ने प्रस्तुति दिँदै आएका सुमनले उत्कृष्ट ७ को प्रस्तुतिका क्रममा एक असल नेताको रुपमा प्रस्तुति दिएका थिए । दुईधारे नेताका रुपमा देखिएका सुमनले नेताको मात्र नभई जनताको बारेमा समेत हाँस्यव्यंग्य गरेका थिए । उनको प्रस्तुतिका क्रममा दर्शक मात्र नभई निर्णायकहरुलाई समेत एकोहोरो हाँसिरहन समस्या भएको थियो । हरेक वाक्यमा कमेडी गरेर पेट दुख्नेसम्मै हँसाएका सुमनले विशेष अतिथि विपिन कार्कीको क्यारिकेचर गरेर थप हँसाएका थिए । हेर्नुहोस् भिडियो–

उत्कृष्ट ७ मा प्रस्तुति दिएका आदर्शकुमार मिश्रा, विष्णुप्रसाद गौदेल मेक्सम, हिमेश पन्त, सजन श्रेष्ठ, खड्गबहादुर पुन मगर र सुमन कोईराला भने भोटिङमा गएका छन् । प्रतियोगितामा अग्रज कलाकार सन्तोष पन्त, लोकप्रिय हाँस्य कलाकार मनोज गजुरेल, निर्देशक प्रदिप भट्टराई र चर्चित नायिका ऋचा शर्माले निर्णायकको भूमिका निभाईरहेका छन् । आदरणिय दर्शकबिन्द तपाईलाई यो भिडियो कस्तो लाग्यो ? तपाईको विचारमा कमेडी च्याम्पियनको पहिलो विजेता को बन्नेछ ? कृपया कमेन्ट गर्नुहोस् यस्तै भिडियोहरुमा लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*