कमेडी च्याम्पियनबाट बाहिरिए अमोग अर्याल

१५ माघ २०७६, बुधबार १३:२०
Featured Video Play Icon

मकवानपुर, १५ माघ । नेपालको पहिलो स्ट्याण्ड अप कमेडी प्रतियोगिता ‘कमेडी च्याम्पियन’ बाट कमेडियन अमोग अर्याल बाहिरिएका छन् । कमेडी च्याम्पियनको उत्कृष्ट ६ मा पर्न सफल अमोग भोटिङका आधारमा बाहिरिएका हुन् । सुन्दरीजल काठमाडौँ निवासी अमोग कमेडी च्याम्पियनका सबैभन्दा कम उमेरका प्रतियोगी थिए ।

प्रतियोगितमा वाईल्ड कार्ड ईन्ट्रीमार्फत सर्वाधिक भोट प्राप्त गर्दै रोल्पाका खड्गबहादुर पुन मगर र पर्फमर अफ द राउण्ड घोषित हुँदै ईटहरीका सुमन कोईराला उत्कृष्ट ७ मा वाईल्ड कार्ड ईन्ट्री भएका छन् । उत्कष्ट ५ मा परेका आदर्शकुमार मिश्रा, विष्णुप्रसाद गौदेल मेक्सम, हिमेश पन्त, सजन श्रेष्ठ, सुमन कार्की र दुई जना वाईल्ड कार्ड ईन्ट्री भएका प्रतियोगीहरु गरी जम्मा ७ जना प्रतियोगीहरु अहिले प्रतियोगितामा भिडिरहेका छन् । प्रतियोगितामा अग्रज कलाकार सन्तोष पन्त, लोकप्रिय हाँस्य कलाकार मनोज गजुरेल, निर्देशक प्रदिप भट्टराई र चर्चित नायिका ऋचा शर्माले निर्णायकको भूमिका निभाईरहेका छन् ।


आदरणिय दर्शकबिन्द तपाईलाई यो भिडियो कस्तो लाग्यो ? तपाईको विचारमा कमेडी च्याम्पियनको पहिलो विजेता को बन्नेछ ? कृपया कमेन्ट गर्नुहोस् यस्तै भिडियोहरुमा लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*