यी हुन् कमेडी च्याम्पियनका उत्कृष्ट ७ कमेडियनहरु

१५ माघ २०७६, बुधबार १२:१५
Featured Video Play Icon

मकवानपुर, १५ माघ । नेपालको पहिलो स्ट्याण्ड अप कमेडी प्रतियोगिता ‘कमेडी च्याम्पियन’ मा पून उत्कृष्ट ७ प्रतियोगीहरु छानिएका छन् । यस अघि कमेडी च्याम्पियनको उत्कृष्ट ६ मा पर्न सफल अमोग अर्याल भोटिङका आधारमा बाहिरिएसँगै उत्कृष्ट ५ र वाईल्ड कार्ड ईन्ट्री मार्फत २ जना गरी ७ जना प्रतियोगीहरु छानिएका हुन् । उत्कृष्ट ७ मा आदर्शकुमार मिश्रा, विष्णुप्रसाद गौदेल मेक्सम, हिमेश पन्त, सजन श्रेष्ठ, सुमन कार्की, सुमन कोईराला र खड्गबहादुर पुन मगर रहेका छन् । यस भिडियो सामग्रीमा यी नै प्रतियोगीहरुका बारेमा छोटो चर्चा गरिएको छ । हेर्नुहोस् भिडियो–

१) आदर्श कुमार मिश्रा– कमेडी च्याम्पियनको उत्कृष्ट ७ मा पर्न सफल पहिलो प्रतियोगी हुन् आदर्श कुमार मिश्रा । आदर्श जितपुर बारा निवासी हुन् । २० वर्षीय आदर्श कमेडी च्याम्पियनमा मधेसको सानका रुपमा उभिएका छन् । उनी सटायर हान्ने कमेडीयनका रुपमा चर्चित छन् ।
२) विष्णु गौदेल, मेक्सम– कमेडी च्याम्पियनको उत्कृष्ट ७ मा पर्न सफल दोस्रो प्रतियोगी हुन् विष्णु गौदेल । मेक्सम गौदेलका नामले समेत चिनिने विष्णु स्याङ्जा निवासी हुन् । उनको डायलग डेलिभरी र प्रस्तुत गर्ने शैलीलाई राम्रो मानिएको छ ।
३) हिमेश पन्त– कमेडी च्याम्पियनको उत्कृष्ट ७ मा पर्न सफल तेस्रो प्रतियोगी हुन् हिमेश पन्त । धादिङ निवासी हिमेशले कमेडी च्याम्पियनको सेटमा फरक–फरक कमेडी प्रस्तुत गर्दै हँसाउँदै आएका छन् । उनी राजनीतिका विषयमा कमेडी गर्न निकै सक्षम देखिन्छन् ।

४) सजन श्रेष्ठ– कमेडी च्याम्पियनको उत्कृष्ट ७ मा पर्न सफल चौथो प्रतियोगी हुन् सजन श्रेष्ठ । काठमाडौँ निवासी सजनलाई मासलाई हँसाउन खप्पिस कमेडियनका रुपमा चित्रण गरिएको छ ।
५) सुमन कार्की– कमेडी च्याम्पियनको उत्कृष्ट ७ मा पर्न सफल पाँचौँ प्रतियोगी हुन् सुमन कार्की । मोरङ निवासी सुमन कार्की सबैलाई हँसाउन सफल छन् ।
६) सुमन कोईराला– कमेडी च्याम्पियनको उत्कृष्ट ७ मा पर्न सफल छैटौँ प्रतियोगी हुन् सुमन कोईराला । अर्गानिक कमेडियनका रुपमा चिनिएका सुमन ईटहरी निवासी हुन् । वाईल्ड कार्ड ईन्ट्रीमा उनको प्रस्तुतिलाई सर्वाधिक रुचाइएको थियो । उनी वाईल्डकार्ड राउण्डमा पर्फमर अफ द डे घोषित हुँदै उत्कृष्ट ७ मा परेका हुन् ।
७) खड्गबहादुर पुन मगर– कमेडी च्याम्पियनको उत्कृष्ट ७ मा पर्न सफल सातौँ प्रतियोगी हुन् खड्गबहादुर पुन मगर । रोल्पा निवासी खड्गबहादुर वाईल्ड कार्ड ईन्ट्री मार्फत उत्कृष्ट ७ मा पुगेका हुन् । उनले वाईल्डकार्ड राउण्डमा सर्वाधिक भोट प्राप्त गरेका थिए । आदरणिय दर्शकबिन्द तपाईलाई यो भिडियो कस्तो लाग्यो ? तपाईको विचारमा कमेडी च्याम्पियनको पहिलो विजेता को बन्नेछ छ ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुमा लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*