गोल्डेन माईक विजेता मेघा श्रेष्ठलाई अर्को सफलता

१४ माघ २०७६, मंगलवार ०८:३१
Featured Video Play Icon

मकवानपुर, १४ माघ । चर्चित सिंगिङ रियालिटी शो नेपाल आईडलमा अहिले गाला राउण्ड चलिरहेको छ । नेपाल आईडलकी एकमात्र गोल्डेन माईक विजेता मेघा श्रेष्ठ आफ्नो दमदार प्रस्तुतिका कारण थप चर्चामा आएकी छिन् । मेघाले बर्जर ग्लामर मोमन्ट अफ द विक अवार्ड समेत जित्न सफल भएकी छिन् । शुक्रबार भएको प्रस्तुतिमा मेघाले आफ्नो जेनरभन्दा फरक जेनरको गीत गाएर निर्णायक र दर्शकहरुको मन जितेकी छिन् । प्राय रक जेनरको गीत गाउने गरेकी मेघाले शुक्रबार स्वर सम्राट नारायण गोपालको गीत गाईन् । ‘पर्खी बसेँ’ बोलको गीत गाएकी मेघालाई तिनै जना निर्णायकहरुले सकरात्मक कमेन्ट गरे । विशेष अतिथि जेम्स प्रधानले उनको उक्त प्रस्तुति सँगै थप अर्को प्रस्तुति पनि हेरेपछि उनीसँगै भविष्यमा कुनै गीत कम्पोज गर्ने बताए र स्टाण्डिङ अवेशन दिए । मेघाको भोटिङ कोड एनआई ०५ हो । उनलाई भोट गर्नका लागि नेपालबाट उनको भोटिङ कोड लेखेर एनटिसी, स्मार्ट सेल र एनसेलबाट ३७००० मा म्यासेज गर्न सकिन्छ । त्यस्तै १६६६७७०५ डायल गरेर उनलाई भोट गर्न सकिन्छ भने भारतबाट भोडाफोन मार्फत ५३०१० मा, कतारबाट ओरेडुमार्फत ९२३०० मा र मलेसियाबाट अल टेलिकोसमार्फत ३३३१० मा म्यासेज गर्न सकिन्छ । उनलाई रेस्पेक्ट एण्ड राईज एपबाट तपाईले चाहानुभएको जति रकमको प्याकेज भोट एकैपटक गर्न सकिन्छ । हेरौँ भिडियो–

मेघा श्रेष्ठ नेपाल आईडल सिजन ३ को एकमात्र गोल्डेन माईक विजेता हुन् । २४ वर्षीया मेघा काठमाडौँ बसुन्धारा निवासी हुन् । मेघा कक्षा ८ मा अध्ययन गर्दाको समयदेखि नै सँगीत क्षेत्रमा सक्रिय थिईन् । त्यस समयमा नै ब्याण्ड प्रस्तुतिका क्रममा स्टेजमा उत्रने गरेको उनी सम्झन्छिन् । अहिले पुरानो विद्यालयमा जाँदा समेत उनको चर्चा हुन्छ । शिक्षकहरु र उनका सहकर्मीहरु अझै पनि मेघाको आवाजको पारखी छन् । संगीतलाई आफ्नो जीवनको अभिन्न अंग भन्न रुचाउने मेघा ‘उमन ईन कन्सर्ट ट्यालेन्ट हन्ट २०१६’को विजेता समेत हुन् । उनी आफ्नी आमालाई जीवनको पिल्लरको रुपमा परिभाषित गर्छिन् । उनको संगीत यात्रामा उनको आफन्तको पनि साथ छ । मेघाको हजुरबुवा विभिन्न बाजाहरु बजाउन सिपालु छन् । एकप्रकारले साँगितिक परिवारमै मेघा हुर्किएकी हुन् । मेघालाई उनकी आमाले नै नेपाल आईडलमा भाग लिन प्रेरणा दिएकी हुन् । फुडमाण्डुमा कार्यरत मेघाले औपचारिक अध्ययन समेत पुरा गरिसकेकी छिन् । आदरणिय दर्शकविन्द तपाईलाई यो भिडियो कस्तो लाग्यो ? तपाईको विचारमा नेपाल आईडल सिजन ३ को विजेता को बन्नेछ ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*