कमेडी च्याम्पियनको उत्कृष्ट ७ मा सुमन कोईरालाको ईन्ट्री

९ माघ २०७६, बिहीबार १२:२९
Featured Video Play Icon

मकवानपुर, ०९ माघ । नेपालको पहिलो स्ट्याण्ड अप कमेडी प्रतियोगिता ‘कमेडी च्याम्पियन’ मा वाईल्ड कार्ड ईन्ट्रीमा जीत हासिल गर्दै सुमन कोईराला उत्कृष्ट ७ मा प्रवेश गरेका छन् । यस अघि उत्कृष्ट ७ मा पर्नबाट चुकेका समुन वाईल्ड कार्ड ईन्ट्री मार्फत उत्कृष्ट ७ मा प्रवेश गरेका हुन् । वाईल्ड कार्ड ईन्ट्रीका लागि दमदार प्रस्तुति दिएका प्रतियोगीहरुमध्ये सुमनले पर्फमर अफ द राउण्ड हुँदै बाजी मारेका हुन् । सुमनसँगै प्रस्तुति दिएका अन्य प्रतियोगीहरुमध्ये अर्का एक जना प्रतियोगी भोटिङका आधारमा वाईल्ड कार्ड ईन्ट्री हुनेछन् । हेर्नुहोस् भिडियो–

ईटहरीका सुमन कोईराला अर्गानिक कमेडियनका रुपमा चिनिन्छन् । वाईल्ड कार्ड ईन्ट्रीको दाबेदारीका रुपमा प्रस्तुति दिँदा सुमनले जग्गा दलालीका रुपमा प्रस्तुति दिएका थिए । उनले आफ्नो प्रस्तुतिमा जग्गा दलाल, लेखापढी व्यवसायी र मिस नेपालदेखि नेपालका नेताहरुसम्मको व्यङ्ग्य गरेका थिए । उनको प्रस्तुतिमा चारै जना निर्णायकहरुले स्टान्डिङ अवेसन दिएका थिए । यस अघि नै उत्कृष्ट ६ मा आदर्शकुमार मिश्रा, अमोग अर्याल, विष्णुप्रसाद गौदेल, हिमेश पन्त, सजन श्रेष्ठ र सुमन कार्की छनौट भइसकेका छन् । उनीहरुमध्ये एक जना आउँदो हप्ता आउट हुनेछन् भने वाईल्ड कार्ड ईन्ट्री पाएका २ सहित पून उत्कृष्ट ७ ले प्रस्तुति दिनेछन् । प्रतियोगितामा अग्रज कलाकार सन्तोष पन्त, लोकप्रिय हाँस्य कलाकार मनोज गजुरेल, निर्देशक प्रदिप भट्टराई र चर्चित नायिका ऋचा शर्माले निर्णायकको भूमिका निभाईरहेका छन् । आदरणिय दर्शकबिन्द तपाईलाई यो भिडियो कस्तो लाग्यो ? तपाईको विचारमा कमेडी च्याम्पियनको पहिलो विजेता को बन्नेछ ? कृपया कमेन्ट गर्नुहोस् यस्तै भिडियोहरुमा लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*