नेपाल आईडलमा तहल्का मच्चाउँदै हेटौँडाकी मिङ्मा लामा र स्वस्तिका ढकाल

९ माघ २०७६, बिहीबार १२:१४
Featured Video Play Icon

मकवानपुर, ०९ माघ । चर्चित सिंगिङ रियालिटी शो नेपाल आईडलको सिजन ३ मा मकवानपुरका दुई चेलीहरुले सबैको मन जितेका छन् । हेटौँडाकी मिङ्मा लामा र स्वस्तिका ढकालले हरेक राउण्डमा दमदार प्रस्तुति दिएर तहल्का मच्चाउन सफल भएका हुन् । उनीहरु दुबैलाई नेपाल आईडल सिजन ३ को टाईटल विजेताका रुपमा समेत दाबी गरिएको छ । हेर्नुहोस् भिडियो–

नेपाल आईडल सिजन ३ मा रकिङ प्रस्तुति दिँदै चर्चामा आएकी मिङ्मा लामा हेटाँैडा निवासी हुन् । उनी २१ वर्षकी छिन् । स्केचेच ब्याण्डमा आवद्ध मिङ्मा काठमाडौँको विभिन्न स्थानहरुमा गीग समेत गर्छिन् । मिङ्माले पियानो राउण्डमा बर्जर ग्लामर मोमेन्ट अफ द उईक अवार्ड समेत जितेकी थिईन् । त्यस्तै नेपाल आईडल सिजन ३ मा मेलोडियस प्रस्तुति दिएर अघि बढेकी प्रतियोगी हुन् स्वस्तिका ढकाल । मकवानपुरको हेटौँडा ८ कमाने निवासी स्वस्तिकाले सुमधुर आवाजमा निर्णायक र दर्शकको मन जित्न सफल भएकी छिन् । उनी यस अघि सिजन २ मा पनि उत्कृष्ट २० सम्म पुग्न सफल भएकी थिईन् । उनी २३ वर्षकी छिन् । विभिन्न साँगितिक प्रस्तुतिमा समेत दरिलो प्रस्तुति दिएर उनी चर्चामा आउने गरेकी छिन् । मिङ्मा र स्वस्तिका अहिले गाला राउण्डको प्रतिस्पर्धामा होमिएका छन् । उत्कृष्ट १२ को यो यात्रामा उनीहरु कति सफल हुनेछन् त्यो भने हेर्न बाँकी नै छ ।

आदरणिय दर्शकबिन्द तपाईलाई यो भिडियो कस्तो लाग्यो ? तपाईको विचारमा नेपाल आईडल सिजन ३ को विजेता को बन्नेछ ? कृपया कमेन्ट गर्नुहोस् यस्तै भिडियोहरुमा लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*