यस्ता छन् नेपाल आईडलका उत्कृष्ट १७ प्रतियोगीहरु

२८ पुष २०७६, सोमबार १५:५१
Featured Video Play Icon

मकवानपुर, २८ पुस । चर्चित गायन प्रतियोगिता नेपाल आईडलको उत्कृष्ट १६ प्रतियोगीहरु छनौट भएका छन् । थिएटर राउण्डको बेस क्याम्पमा प्रस्तुति दिएका ३० प्रतियोगीहरुबाट उत्कृष्ट १६ जना क्याम्प फोर राउण्डका लागि छनौट भएका हुन् । त्यस्तै गोल्डेन माईक जितेकी मेघा श्रेष्ठ यसअघि नै उत्कृष्ट १२ सम्मका लागि सेभ भईसकेकी छिन् । यस भिडियो सामग्रीमा मेघा सहित उत्कृष्ट १७ मा पर्न सफल प्रतियोगीहरुका बारेमा छोटकरीमा चर्चा गरिएको छ । हेरौँ भिडियो–

१) मेघा श्रेष्ठ– मेघा श्रेष्ठ नेपाल आईडल सिजन ३ को एकमात्र गोल्डेन माईक विजेता हुन् । उनी क्याम्प फोर भन्दा पनि अघिल्लो राउण्डका लागि दाबेदार भईसकेकी छिन् । उनी २४ वर्षकी छिन् । काठमाडौँ अडिसनबाट गोल्डेन माईक जित्दै अघि बढेकी मेघा काठमाडौँ बसुन्धारा निवासी हुन् ।
२) रञ्जीत नेपाली– नेपाल आईडल सिजन ३ को उत्कृष्ट १७ मा पुगेका दोस्रो प्रतियोगी हुन् रञ्जीत नेपाली । काठमाडौँ निवासी रञ्जीत २७ वर्षका छन् ।
३) सज्जा चौलागाई– नेपाल आईडल सिजन ३ को उत्कृष्ट १७ मा पुगेकी तेस्रो प्रतियोगी हुन् सज्जा चौलागाई । नेपाल आईडलमा रक स्टारको छवि बनाएकी सज्जा काठमाडौँ निवासी हुन् । उनी २२ वर्षकी छिन् ।
४) समिक्षा दाहाल– नेपाल आईडल सिजन ३ को उत्कृष्ट १७ मा पुगेकी चौथो प्रतियोगी हुन् समिक्षा दाहाल । ईलाम निवासी समिक्षा २४ वर्षकी छिन् ।
५) सरिता अधिकारी– नेपाल आईडल सिजन ३ को उत्कृष्ट १७ मा पुगेकी पाँचौँ प्रतियोगी हुन् सरिता अधिकारी । सुरिलो स्वरकी धनी सरिता पोखरा निवासी हुन् । उनी १७ वर्षकी छिन् ।
६) स्वस्तिका ढकाल– नेपाल आईडल सिजन ३ को उत्कृष्ट १७ मा पुगेकी छैटौँ प्रतियोगी हुन् स्वस्तिका ढकाल । मकवानपुरको हेटौँडा ८ कमाने निवासी स्वस्तिकाले सुमधुर आवाजमा निर्णायक र दर्शकको मन जित्न सफल भएकी छिन् । उनी यस अघि सिजन २ मा पनि उत्कृष्ट २० सम्म पुग्न सफल भएकी थिईन् । उनी २३ वर्षकी छिन् ।
७) ममता गुरुङ– नेपाल आईडल सिजन ३ को उत्कृष्ट १७ मा पुगेकी सातौँ प्रतियोगी हुन् ममता गुरुङ । पोखरा निवासी उनी १७ वर्षकी छिन् । । रेडियो साराङकोटमा रेडियो जक्कीका रुपमा कार्यरत ममताले सानैदेखि बुवासँग संगीत सिकेकी हुन् ।
८) मिङ्मा लामा– नेपाल आईडल सिजन ३ को उत्कृष्ट १७ मा पुगेकी आठौँ प्रतियोगी हुन् मिङ्मा लामा । सुमधुर आवाजकी धनी मिङ्मा हेटौँडा निवासी हुन् । उनी २१ वर्षकी छिन् ।
९) मुस्कान रानाभाट– नेपाल आईडल सिजन ३ को उत्कृष्ट १७ मा पुगेकी नवौँ प्रतियोगी हुन् मुस्कान रानाभाट । सुमधुर आवाजकी धनी मुस्कान पोखराबाट छानिएकी हुन् । उनी २२ वर्षकी छिन् ।
१०) नेशन पुन मगर– नेपाल आईडल सिजन ३ को उत्कृष्ट १७ मा पुगेका दशौँ प्रतियोगी हुन् नेशन पुन मगर । दमदार आवाजका कारण चर्चा कमाउन सफल नेशन पोखराबाट छानिएका हुन् । उनी २० वर्षका छन् ।

११) प्रविण बेड्वाल– नेपाल आईडल सिजन ३ को उत्कृष्ट १७ मा पुगेका एघारौँ प्रतियोगी हुन् प्रविण बेड्वाल । सुमधुर आवाजले दर्शकको मन जित्न सफल प्रविण चितवन निवासी हुन् । उनी २३ वर्षका छन् ।
१२) कमल विष्ट– नेपाल आईडल सिजन ३ को उत्कृष्ट १७ मा पुगेका बाह्रौँ प्रतियोगी हुन् कमल विष्ट । शास्त्रीय संगीत सिक्दै गरेका कमल विष्ट टिकापुरको कैलाली निवासी हुन् । गाउँमा सामान्य गाउन सिकेका कमलले काठमाडौँमा संगीतको शिक्षा लिएका छन् । २४ वर्षीय कमलले यसअघि द भ्वाईस अफ नेपाल सिजन २ को ब्याटल राउण्डसम्मको यात्रा तय गरेका थिए ।
१३) कमल शोब– नेपाल आईडल सिजन ३ को उत्कृष्ट १७ मा पुगेका तेह्रौँ प्रतियोगी हुन् कमल शोब । निर्णायकको मन जित्न सफल कमल कैलाली निवासी हुन् । उनी २० वर्षका छन् ।
१४) केविन ग्लान तामाङ– नेपाल आईडल सिजन ३ को उत्कृष्ट १७ मा पुगेका चौधौँ प्रतियोगी हुन् केविन ग्लान तामाङ । दमदार प्रस्तुतिका कारण चर्चामा रहेका केविन चितवन निवासी हुन् । उनी २२ वर्षका छन् ।
१५) किरण कुमार भुजेल– नेपाल आईडल सिजन ३ को उत्कृष्ट १७ मा पुगेका पन्ध्रौँ प्रतियोगी हुन् किरण कुमार भुजेल । २६ वर्षीय किरण महोत्तरीको बर्दिवास निवासी हुन् ।
१६) जलजला परियार– नेपाल आईडल सिजन ३ को उत्कृष्ट १७ मा पुगेकी सोह्रौँ प्रतियोगी हुन् जलजला परियार । नेपाली ताराको तेस्रो सिजनमा उत्कृष्ट ६ सम्म पुगेकी जलजलाले गाएका केही गीतहरु समेत बजारमा चर्चित छन् । अर्घाखाँचीको धारापानी गाविसमा जन्मिएकी जलजलाले सानै उमेरदेखि गीत गाउन थालेकी हुन् । हाल काठमाडौँमा बसोबास गर्ने जलजला २२ वर्षकी छिन् ।
१७) रचना रिमाल– नेपाल आईडल सिजन ३ को उत्कृष्ट १७ मा पुगेकी सत्रौँ प्रतियोगी हुन् रचना रिमाल । सुमधुर आवाजकी धनी रचना झापा निवासी हुन् । उनी १७ वर्षकी छिन् ।
आदरणिय दर्शकविन्द तपाईलाई यो भिडियो कस्तो लाग्यो ? तपाईको विचारमा नेपाल आईडन सिजन ३ को विजेता को बन्नेछ ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*