हेटौँडाका किशन सुवेदीको ‘बाँचुञ्जेल सँगै’ सार्वजनिक

२३ पुष २०७६, बुधबार ०८:५२

मकवानपुर, २३ पुस । मकवानपुरे गीतकार किशन सुवेदीको शब्दमा तयार भएको ‘बाँचुञ्जेल सँगै’ बोलको गीत सार्वजनिक भएको छ । गीतकार सुवेदी हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ लामसुरे निवासी हुन् । रोमाञ्टिक प्रेम गीतमा किशनको शब्दमा चर्चित गायिका मेलिना राई र गायक तथा संगीतकार सिएल शर्माले आवाज दिएका छन् । गीतमा सिएल शर्माकै संगीत छ ।

गायक तथा संगीतकार सिएल शर्माकै युट्युब च्यानलबाट गीतको अडियो भर्सन सार्वजनिक भएको हो । गीतलाई पुष्कर सुनुवारले एरेञ्ज गरेका हुन् । गीतलाई गुञ्जन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । यो सामग्री तयार पार्दाको समयमा गीतलाई ६ हजारभन्दा बढी पटक हेरिएको छ । हेरौँ भिडियो–

यो पनि हेर्नुहोस्
सरकारले अनलिमिटेड पैसा छाप्न किन मिल्दैन ?


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*