जलजला परियारको नेपाली तारादेखि नेपाल आईडलसम्मको यात्रा

९ पुष २०७६, बुधबार २१:१३
Featured Video Play Icon

मकवानपुर, ०९ पुस । नेपाली ताराको तेस्रो सिजनमा भोटिङ राउण्डसम्म पुगेकी जलजला परियारको आवाज पुनः नेपाल आईडलको सिजन ३ को मञ्चमा गुञ्जिएको छ । नेपाली ताराको सिजन ३ मा उत्कृष्ट ६ सम्म पुगेका उनको केही चर्चित गीतसमेत बजारमा आईसकेको छ । नेपाली चलचित्र ‘बाटो मूनिको फुल २’ को ‘केही कदम तिमीसँगै’ बोलको चर्चित गीत गाएकी जलजलाले नेपाल आईडलको अडिसनमा ‘आगोको राप जीवन’ बोलको गीत गाएकी थिईन् । सानैमा कम आँखा देख्ने र १० वर्षको उमेरदेखि बाथ रोगबाट ग्रसि भएकी जलजलाको संघर्षको कथा फेरि एकपटक नेपाल आईडलको मञ्चबाट विश्वसामु पुग्यो । उनी दोस्रो राउण्डका लागि पनि छनौट भएकी छिन् । हेरौँ यो भिडियो रिपोर्ट-

अर्घाखाँचीको धारापानी गाविसमा जन्मिएकी जलजलाले सानै उमेरदेखि गीत गाउन थालेका हुन् । एक समय मृगौला रोगबाट ग्रसित भएकी उनले आमाले मृगौला दान गरेपछि नयाँ जिवन पाएकी थिईन् । सानैदेखि बाथरोगले सताएकी उनको अचानक दुबै मिर्गौला फेल भयो । त्यसपछिको उनको साँगितिक यात्रा निकै संघर्षपूर्ण बित्यो । गायन तथा वाद्यवादनमा सक्रिय बुवा र नृत्यमा पारांगत आमाको साथमा हुर्किएकी जलजलाले ५ वर्षको उमेरमा नै स्टेजमा नृत्य प्रस्तुति दिएकी थिईन् । बुवा नारायण परियार र आमा जुनु परियारले जलजलाकै लागि गाउँदेखि सदरमुकाको यात्रा हुँदै काठमाडौँको यात्रा तय गरे । सानै उमेरमा एक स्थानीय एफएममा गायन प्रतियोगिता समेत जितेकी उनी ‘खोजी प्रतिभाको’ नामक रियालिटी शोमा भाग लिन बुटवलसम्म आईन् । बुटवलबाट सेलेक्ट भएर काठमाडौँसम्म पुगेकी जलजलाले त्यसपछि मात्र औपचारिक रुपमा संगीत सिक्ने सोच बनाईन् ।

उनको पहिलो गीत ‘म त रोएँ रोएँ तिम्रो सम्झनामा’ बोलको गीत हो । उनले रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा पनि भाग लिईन् । उक्त प्रतियोगितामा उनी दोस्रो हुन सफल भएकी थिईन् । उनी त्यसपश्चात भारतमा स्कलरसिपमा संगीत सिक्नका लागि भारतको कलकत्तामा गईन् । डेढ वर्षसम्म राम्रैसँग अध्ययन गरेकी उनले त्यसै समयमा मिर्गौलाको समस्याको सामना गर्नुपर्यो । देशविदेशमा सबैको साथ पाएर उनले नयाँ जीवन पाईन् । सबैको सहयोगको सम्मान स्वरुप उनले ‘पुनर्जन्म’ बोलको गीत पनि गाएकी छिन् । आदरणिय दर्शकविन्द तपाईलाई यो भिडियो कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*