ह्योल्मो समुदायको पहिलो नेपाल आईडल ‘सांगे शेर्पा’

९ पुष २०७६, बुधबार २०:१९
Featured Video Play Icon

मकवानपुर, ०९ पुस । चर्चित गायन प्रतियोगिता नेपाल आईडल सिजन ३ मा ह्योल्मो समुदायकै पहिलो दाबी गरिएका सहभागी दोस्रो राउण्डका लागि छानिएका छन् । सिन्धुपाल्चोक हेलम्बुका सांगे शेर्पा नेपाल आईडल सिजन ३ को दोस्रो राउण्डका लागि छानिएका हुन् । उनको पुरा नाम सांगे नोर्बु शेर्पा हो ।

काठमाडौँ अडिसनमा सहभागी भएका साँगेले ५ वर्ष अगाडि कम्पोज गरेको गीत सुनाए । ट्रयाजेडी गीत भन्दै उनले गाएको ‘जीवन मेरो यस्तै नै रहेछ’ बोलको गीतले निर्णायकहरुको मन छोएको थियो । आफ्नो मान्छेसँगको सम्बन्धमा दरार आउँदा गीत कम्पोज गरेको भएता पनि अहिले सम्बन्ध राम्रो रहेको उनले कार्यक्रममा बताए । उनलाई दोस्रो गीत पनि गाउन भनिएको थियो । दोस्रो पटक पनि उनले ‘झ्यालैमा बस्ने नक्कली मैयाँ’ बोलको गीत गाएका थिए । दोस्रो गीतपश्चात उनलाई दोस्रो राउण्डका लागि छानिएको हो । आदरणिय दर्शकविन्द तपाईलाई यो भिडियो कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*