तामाङ कथानक चलचित्र ‘तिङ्ला पुजु’ को धमाधम छायाँकन हुँदै

८ पुष २०७६, मंगलवार २२:४२
Featured Video Play Icon

मकवानपुर, ०८ पुस । तामाङ कथानक चलचित्र ‘तिङ्ला पुजु’ को धमाधम छायाँकन भईरहेको छ । चलचित्र युनिटले मंसिरदेखि छायाँकन थालेको हो । युनिटले मकवानपुरको पदमपोखरीका साथै काठमाडौँका विभिन्न स्थानमा चलचित्रलाई छायाँकन गरेको छ । अहिले सुटिङ युनिट काठमाडौँमा रहेको र गीतको सुटिङको लागि काभ्रे, सिन्धुपाल्चोक र मुस्ताङतर्फ प्रस्थान गर्ने तयारीमा रहेको चलचित्रका कलाकार कितापसिंह घलानले जानकारी दिए ।

कमल रुम्बाले निर्माण गरेको चलचित्रलाई निर्देशक निमा लामा तामाङले निर्देशन गरेका हुन् । निर्देशक तामाङको यो दोस्रो चलचित्र हो । यसअघि उनले चलचित्र ‘बज्र’ निर्देशन गरेका थिए । चलचित्रमा जय स्याङ्तान, रोशन थिङ, अविना गोले, कल्पना वाईबा, केबी मोक्तान, कितापसिंह घलान, मेनुका बल तामाङ, निमा डोल्मा लामा लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई विश्वास भण्डारीले छायाँकन गरेका हुन् । सुरज श्रेष्ठको द्वन्द निर्देशन रहेको चलचित्रको कथा कमल रुम्बाले तयार पारेका हुन् ।

चलचित्रका निर्देशक निमा लामा तामाङले ‘तिङ्ला पुजु’ ले तामाङ चलचित्रका क्षेत्रमा राम्रो चलचित्रका रुपमा योगदान दिनसक्ने बताएका छन् । उनले यसअघि चलचित्र ‘बज्र’ निर्देशन गरेका थिए । चलचित्रका निर्माता तथा लेखक कमल रुम्बाले यस अघि ‘सांगेला घ्रान’ नामक चलचित्र निर्माण गरेका थिए । उनले यस चलचित्रले थप सफलता प्राप्त गर्ने बताएका छन् । दर्शकहरुले चलचित्रलाई माया गर्ने अपेक्षा उनले गरेका छन् । यसै चलचित्र मार्फत डेब्यु गर्दै गरेका नायक जय स्याङ्तानले आफुले चलचित्रमा राम्रो अभिनय गर्ने कोशिस गरेको बताए । चलचित्रका अर्का नायक रोशन थिङ तामाङले यस चलचित्रलाई तामाङ चलचित्रका क्षेत्रमा फरक चलचित्र बनेको बताएका छन् । चलचित्रलाई आउँदो नयाँ वर्षमा हेटौँडामा रहेको एन.एस सिनेमाजमा पहिलो सो गरिने तयारी समेत रहेको निर्माण पक्षले जानकारी दिएको छ । आदरणिय दर्शकविन्द तपाईलाई यो भिडियो कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*