बिनोद तामाङले मच्चाए नेपाल आईडलमा तहल्का

८ पुष २०७६, मंगलवार ०८:०९
Featured Video Play Icon

मकवानपुर, ०८ पुस । चर्चित गायन प्रतियोगिता नेपाल आईडलको तेस्रो सिजन पुस ३ गतेबाट सुरु भएको छ । एपी वान एचडी मार्फत हरेक बिहीबार र शुक्रबार राति साढे ८ बजेदेखि प्रसारण हुने प्रतियोगिताले सुरुवातमै तहल्का मच्चाउन सुरु गरेको छ । सिजन ३ को पहिलो र दोस्रो एपिसोड समेत प्रसारण भईसकेको छ ।

प्रतियोगिताको बिहीबार प्रसारण भएको पहिलो एपिसोडमा एक प्रतियोगीले शास्त्रिय संगीत प्रस्तुत गरेर तहल्का मच्चाएका छन् । काठमाडौँ अडिसनमा तहल्का मच्चाउने प्रतियोगी हुन् बिनोद तामाङ । आफ्ना दुई जना वाद्यवादक टोली सहित अडिसनमा आएका बिनोदलाई सुरुमै निर्णायक न्ह्यु बज्राचार्यले नाम सोधे लडाईमाम आएजस्तै सेना लिएर आएको भन्दै ठट्टा गरे । त्यसको जवाफमा उनले राग प्रस्तुत गरे । उनको राग गायन सुनेर तिनै जना कोचहरु मन्त्रमुग्ध भए । उनलाई निर्णायक बज्राचार्यले सँगीत कहाँ सिकेको भनेर सोधे अनि आफ्नो गुरुको कुनै कम्पोज रहेको गीत गाउन आग्रह गरे । बिनोदले उ जितेर गई बोलको गीत गाउँदा फेरि माहोल तातियो ।

निर्णायक ईन्दिरा जोशी कन्भिन्स भईसकेपछि पनि अर्का निर्णायक कालिप्रसाद बासकोटाले उनलाई एउटा मोर्डन गीत गाउन आग्रह गरे । बिनोदले तिमी नै हौ बोलको गीत गाए । अन्तमा उनलाई दोस्रो राउण्डका लागि छनौट गरियो । नेपाल आईडलको प्रोमोदेखि नै चर्चामा रहेका बिनोदले आगामी राउण्डमा कस्तो गाउनेछन् त्यो भने हेर्न बाँकी छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*