भ्वाईस अफ नेपालका पृथ्वीन्द्र खनाल नेपाल आईडलमा

८ पुष २०७६, मंगलवार ०८:००
Featured Video Play Icon

मकवानपुर, ०८ पुस । भ्वाईस अफ नेपालको सिजन २ मा चर्चा कमाउन सफल पृथ्वीन्द्र खनाल चर्चित गायन प्रतियोगिता नेपाल आईडलको तेस्रो सिजनमा भिडेका छन् । काठमाडौँबाट अडिसन दिएका उनी दोस्रो राउण्डका लागि समेत छानिएका छन् । काठमाडौँ अडिसनको पहिलो प्रतियोगीका रुपमा अडिसन दिएका उनले सुरुमा एउटा भजन गाएका थिए । त्यसपश्चात उनले दोस्रो गीत गाएपछि दोस्रो राउण्डका लागि बाजी मारेका हुन् ।

भ्वाईस अफ नेपालको सिजन २ मा ब्याटलबाट नकआउटका लागि छानिएका १६ औँ प्रतिभा हुन् नुवाकोटका बहुप्रतिभाशाली पृथ्वी खनाल । उनले ब्याटलमा सुरज प्रताप सिंहसँग प्रतिस्पर्धा गरेका थिए । आर्किटेक्चर फाईनल एयरका विद्यार्थी समेत रहेका पृथ्वी शशस्त्र प्रहरी बलमा ईन्स्पेक्टर समेत छन् । चिन्ताको साथीका रुपमा संगीतलाई लिने गरेका पृथ्वीले सानैदेखि सेना अथवा प्रहरी बन्छु भन्ने सोच राखेका थिए । उनी सन् २०१० देखि एपिएफमा छन् । कोच दिपको टिममा भएका उनले नेपाल आईडलको अडिसनमा कोच दिपकै गीत गाएका थिए । नकआउटबाट लाईभ राउण्डमा जान चुकेका पृथ्वीन्द्रले नेपाल आईडलको सिजन ३ मा कहाँसम्मको यात्रा तय गर्लान् त्यो भने हेर्न बाँकी नै छ ।आदरणिय दर्शकविन्द तपाईलाई यो भिडियो कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*