मेचु धिमाल र माृतका आचार्यको नयाँ गीत सार्वजनिक

७ पुष २०७६, सोमबार १२:०२
Featured Video Play Icon

मकवानपुर, ०७ पुस । गायक मातृका आचार्यको ‘झरना झैँ चंचल’ बोलको गीत सार्वजनिक भएको छ । गायक आचार्यको भ्वाईस अफ नेपालकी सेमिफाईनालिष्ट मेचु धिमालसँगको युगल गीत सार्वजनिक भएको हो ।

सार्वजनिक गीतमा प्रेमिल जोडीको रोमाञ्चक अनुभूतिहरुलाई समावेश गरिएको छ । शब्दार्थ म्युजिकले बजारमा ल्याएको गीतलाई गायक आचार्यले नै लेखेका हुन् । गीतमा पुरुषोत्तम न्यौपानेको संगीत छ । यसअघि नै गायक आचार्यको ३ वटा गीतहरु सार्वजनिक भईसकेका छन् । नेपाल आईडलकी अस्मिता अधिकारीसँगको ‘दुई मुटु’ बोलको गीतले निकै चर्चा समेत पाएको थियो । हेर्नुहोस् गीत–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*