भ्वाईस अफ नेपाल, द एज ब्याण्ड र सन्ध्या आचार्य आज हेटौँडामा

५ पुष २०७६, शनिबार ०८:५९
Featured Video Play Icon

मकवानपुर, ०५ पुस । भ्वाईस अफ नेपालका ५ फाईनल प्रतिस्पर्धीले मकवानपुरको हेटौँडामा सांगितिक धमाका मच्चाउने भएका छन् । भ्वाईस अफ नेपालका विजेता राम लिम्बु सहित सनिश श्रेष्ठ, याङ्की योल्मो, अञ्जु राना मगर र आरिफ रौफले हेटौँडामा सांगितिक प्रस्तुति दिने भएका हुन् ।

यही पुस ५ गते शनिबार अर्थात आज हेटौँडामा आयोजना हुने एड्बिरा फेस्टिभलमा उनीहरुले साँगितिक प्रस्तुति दिने भएका हुन् । त्यस्तै साँगितिक धमाकाका लागि पहिलो पटक हेटौँडा द एज ब्याण्ड पनि आउने भएको छ । ब्याण्डका मेम्बरहरुले आफुहरु साँगितिक कार्यक्रममा आउने तय भएको बताईसकेका छन् । कार्यक्रममा रियो छमछमी सिजन ४ मा तहल्का मच्चाउँदै जित हासिल गरेकी सन्ध्या आचार्य पनि सहभागी हुनेछिन् । उनले नृत्य प्रस्तुत गरेर दर्शकलाई लोभ्याउने आयोजकले जनाएको छ ।

शनिबार दिउँसो भुटनदेवी स्कुल चौरमा हुने कार्यक्रममा प्रवेशका लागि विभिन्न दरका टिकटको समेत व्यवस्था गरिएको छ । चर्चित डिजे लुपका साथै स्थानीय कलाकारहरु लिजल श्रेष्ठ र स्विकृति ढुङ्गेलको समेत कार्यक्रममा प्रस्तुति रहनेछ । कार्यक्रमलाई भ्वाईस अफ नेपालका होस्ट शुशिल नेपालले होस्ट गर्नेछन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*