मिस ईन्टरकन्टिनेन्टलका सुन्दरीहरु, भाग ३ (भिडियो)

३ पुष २०७६, बिहीबार ११:२४
Featured Video Play Icon

मकवानपुर, ०३ पुस । मिस ईन्टर कन्टिनेन्टल २०१९ को फाईनल भिडन्त यही डिसेम्बर २० तारिखमा ईजिप्टमा हुँदैछ । यस प्रतियोगिताको ४८ औँ सँस्करणमा विश्वका ६६ वटा देशका सुन्दरीहरुले भाग लिएका छन् । यस भिडियो सिरिजको यस भागमा मिस ईन्टरकन्टिनेन्टलमा सहभागी भएका बेल्जियम, ब्राजिल र बुल्गेरियाका प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । अन्य प्रतियोगीहरुका बारेमा जान्न हाम्रो च्यानलका थप भिडियोहरु हेर्नुहोस् ।

१) हेलेना डेग्रुचे, बेल्जियम– हेलेना डेग्रुचे मिस ईन्टरकन्टिनेन्टल बेल्जियमकी विजेता हुन् । १९ वर्षीया हेलेना विद्यार्थी हुन् । उनी सौन्दर्य सम्बन्धी उद्यमी समेत हुन् । नृत्य र फिटनेशमा रुचि राख्ने हेलेना नृत्यमा विशेष दक्षता राख्छिन् । उनी डच फ्रेन्च र अंग्रेजी भाषा बोल्न सक्छिन् ।

२) भलेरिया, डोसान्तोस, ब्राजिल– भलेरिया डोसान्तोस मिस ईन्टरकन्टिनेन्टल ब्राजिलकी विजेता हुन् । २४ वर्षीया भलेरिया एकाउन्टकी विद्यार्थीका साथै मोडल समेत हुन् । नृत्य, फोटोग्राफी र खेलकुदमा रुचि राख्ने भलेरिया ब्राजिलियन नृत्यमा विशेष दक्षता राख्छिन् । उनी पोर्चुगिज र अंग्रेजी भाषा बोल्न माहिर छिन् ।

३) गाब्रियला वासीलेभा, बुल्गेरिया– गाब्रियला वासिलेभा मिस ईन्टरकन्टिनेन्टल बुल्गेरियाकी विजेता हुन् । बिमा तथा कानुनकी विद्यार्थी गाब्रियला २४ वर्षकी छिन् । यात्रा गर्न र मोडलिङमा रुचि राख्ने गाब्रियला बुल्गेरियन र अंग्रेजी भाषा बोल्न सक्षम छिन् ।आदरणीय दर्शविन्द तपाईको विचारमा यी प्रतियोगीहरुमध्ये मिस इन्टरकन्टिेन्टलको फाईनलको यात्रा कसले तय गर्नेछ ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*