मिस ईन्टरकन्टिनेन्टलका सुन्दरीहरु, भाग ४ (भिडियो)

३ पुष २०७६, बिहीबार ११:१९
Featured Video Play Icon

मकवानपुर, ०३ पुस । मिस ईन्टर कन्टिनेन्टल २०१९ को फाईनल भिडन्त यही डिसेम्बर २० तारिखमा ईजिप्टमा हुँदैछ । यस प्रतियोगिताको ४८ औँ सँस्करणमा विश्वका ६६ वटा देशका सुन्दरीहरुले भाग लिएका छन् । यस भिडियो सिरिजको यस भागमा मिस ईन्टरकन्टिनेन्टलमा सहभागी भएका क्यामरुन, क्यानडा र कोलम्बियाका प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । अन्य प्रतियोगीहरुका बारेमा जान्न हाम्रो च्यानलका थप भिडियोहरु हेर्नुहोस् ।

१) सोफिया पर्ल, क्यामरुन– सोफिया पर्ल मिस ईन्टरकन्टिनेन्टल क्यामरुनकी विजेता हुन् । ईन्टरनेशनल बिजनेस विषयकी विद्यार्थी रहेकी सोफिया २२ वर्षकी छिन् । यात्रा गर्न, स्वयमसेवा गर्न तथा खानामा शौखिन सोफिया नृत्य गर्न र कमेडी गर्नमा निकै सिपालु छिन् । उनी फ्रेन्च र अंग्रेजी भाषामा दक्ष छिन् ।

२) कोर्टनी मण्डक, क्यानडा– कोर्टनी मण्डक मिस ईन्टरकन्टिनेन्टल क्यानडाकी विजेता हुन् । २६ वर्षीया कोर्टनी म्यानुफ्याक्चेरिङ ईन्जिनियर हुन् । अध्ययनका साथै बक्सिङ र स्केटिङमा उनको रुचि छ । विज्ञान र गणितमा निकै ट्यालेन्ट भएकी उनी पब्लिक स्पिकिङमा पनि प्रतिभाशाली छिन् । उनी अंग्रेजी र फ्रेञ्च भाषा बोल्छिन् ।

३) बेतानिया रोजास, कोलम्बिया– बेतानिया रोजास मिस ईन्टरकन्टिनेन्टल कोलम्बियाकी विजेता हुन् । २५ वर्षीया बेतानिया मोडलका रुपमा कार्यरत छिन् । साईक्लिङ, डान्सिङ र संगीतमा रुचि भएकी उनी अभिनय गर्नमा माहिर छिन् । उनी स्पेनिस र अंग्रेजी भाषा बोल्नमा दक्ष छिन् ।आदरणीय दर्शविन्द तपाईको विचारमा यी प्रतियोगीहरुमध्ये मिस इन्टरकन्टिेन्टलको फाईनलको यात्रा कसले तय गर्नेछ ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*