यस्ता छन् मिस ईन्टरकन्टिनेन्टलका प्रतियोगीहरु, भाग २ (भिडियो)

३ पुष २०७६, बिहीबार ११:०१
Featured Video Play Icon

मकवानपुर, ०३ पुस । मिस ईन्टर कन्टिनेन्टल २०१९ को फाईनल भिडन्त यही डिसेम्बर २० तारिखमा ईजिप्टमा हुँदैछ । यस प्रतियोगिताको ४८ औँ सँस्करणमा विश्वका ६६ वटा देशका सुन्दरीहरुले भाग लिएका छन् । यस भिडियो सिरिजको यस भागमा मिस ईन्टरकन्टिनेन्टलमा सहभागी भएका अष्ट्रेलिया, अजेरबैजान र बेलारुसका सुन्दरीहरुका बारेमा चर्चा गर्दैछौँ । अन्य सुन्दरीहरुका बारेमा जान्न हाम्रो च्यानलका थप भिडियोहरु हेर्नुहोस् ।

१) हन्ना स्वात, अष्ट्रेलिया– हन्ना स्वात मिस ईन्टरकन्टिनेन्टल अष्ट्रेलियाकी विजेता हुन् । २२ वर्षीया हन्ना मोडल हुन् । उनी सवारी साधनको लागत तथा लाईसेन्स अफिसरका रुपमा समेत कार्यरत छिन् । उनी कसरत गर्न, मेकअप गर्न तथा यात्रा गर्न शौखिन् छिन् ।

२) सहेर एकबेर, अजेरबैजान– सहेर एकबेर मिस ईन्टरकन्टिनेन्टल अजेरबैजानकी विजेता हुन् । नायिकाका साथै टिभी कार्यक्रम प्रस्तोता समेत रहेकी सहेर २६ वर्षकी छिन् । कुकिङमा विशेष दक्षता समेत हासिल गरेकी सहेर नृत्य र गायनमा समेत चासो राख्छिन् । उनी अजेरबैजान, तुर्किस र रसियन भाषा बोल्न माहिर छिन् ।

३) करिना किसेलेवा, बेलारुस– करिना किसेलेवा मिस ईन्टरकन्टिनेन्टल बेलारुसकी विजेता हुन् । पब्लिक रिलेसन अफिसरका रुपमा कार्यरत करिना २२ वर्षकी छिन् । नृत्यमा चासो राख्ने उनी रसियन, अङ्ग्रेजी, स्पेनिस र ईटालियन भाषा बोल्नमा दक्ष छिन् । आदरणीय दर्शविन्द तपाईको विचारमा यी सुन्दरीहरुमध्ये मिस इन्टरकन्टिेन्टलको फाईनलको यात्रा कसले तय गर्नेछ ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*