मिस ईन्टरकन्टिनेन्टलका सुन्दरीहरु, भाग १ (भिडियो)

३ पुष २०७६, बिहीबार ०६:४१
Featured Video Play Icon

मकवानपुर, ०३ पुस । मिस ईन्टर कन्टिनेन्टल २०१९ को यही डिसेम्बर २० तारिखमा हुँदैछ । ४८ औँ सँस्करण रहेको यस प्रतियोगितामा विश्वका ६६ वटा देशका सुन्दरीहरुले भाग लिएका छन् । यस भिडियो सामग्रीमा मिस ईन्टरकन्टिनेन्टलमा सहभागी अल्जेरिया, एन्टिगुआ एण्ड बार्बुडा र आरमेनियाका सुन्दरीहरुका बारेमा चर्चा गर्दैछौँ ।

१) मेनेल एमेर, अल्जेरिया–मेनेल एमेर मिस ईन्टरकन्टिनेन्टल अल्जेरियाकी विजेता हुन् । २० वर्षीया एमेर मोडलका रुपमा कार्यरत छिन् । उनी सिभिल ईञ्जीनियरिङकी विद्यार्थी पनि हुन् । कुकिङ र मोडलिङमा दक्षता हासिल गरेकी उनी अध्ययन, यात्रा र स्विमिङमा रुचि राख्छिन् ।

२) शनाकिशा फ्रान्सिस, एन्टिगुआ एण्ड बार्बुडा– शनाकिशा फ्रान्सिस मिस ईन्टरकन्टिनेन्टल एन्टिगुआ एण्ड बार्बुडाकी विजेता हुन् । २२ वर्षीया शनाकिशा ५ फिट ८ ईन्च अग्ली छिन् । विद्यार्थी रहेकी उनी गायन, नृत्य र अभिनयमा रुचि राख्छिन् ।

३) मिलायना ट्रेभाटोसियान, आरमेनिया– मिलायना ट्रेभाटोसियान मिस इन्टरकन्टिनेन्टल आरमेनियाकी विजेता हुन् । मोडल, गायिका र नायिकाका रुपमा करियर बनाएकी मिलायना १८ वर्षकी छिन् । अध्ययन, फिटनेस, यात्रा र नृत्यमा विशेष चासो राख्ने उनी नृत्य, गायन र अभिनयमा पोख्त छिन् । आदरणीय दर्शविन्द तपाईको विचारमा यी ३ सुन्दरीहरुमध्ये मिस इन्टरकन्टिेन्टलको फाईनलको यात्रा कसले तय गर्नेछ ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*