आरिफ रौफलाई यसरी गर्नुहोस् भोट

६ मंसिर २०७६, शुक्रबार १३:४९
Featured Video Play Icon

मकवानपुर, ६ मंसिर । चर्चित सिंगिङ रियालिटी शो ‘द भोईस अफ नेपाल’ सिजन २ मा यतिखेर लाईभ राउण्ड चलिरहेको छ । यस भिडियो सामग्रीमा लाईभ राउण्डमा प्रस्तुति दिएका मकवानपुरका आरिफ रौफलाई भोट गर्ने तरिकाका बारेमा चर्चा गरिएको छ । अन्य प्रतिभाहरुलाई भोट गर्ने तरिका जान्नका लागि हाम्रो च्यानलका थप भिडियोहरु हेर्नुहोला । हेर्नुहोस् भिडियो–

मकवानपुर निवासी आरिफ रौफ अहिले काठमाडौँमा बस्छन् । भोईस अफ नेपालको पहिलो सिजनमा समेत सहभागी भएका आरिफ पार्ट टाईम लेक्चररका रुपमा कार्यरत छन् । हार्डवेयरको व्यवसाय पनि गरिरहेका उनले केही चलचित्रका गीतहरु समेत गाएका छन् । २९ वर्षीय आरिफले ब्लाईन्ड अडिसनमा चारै जना कोचलाई आफुतर्फ फर्काएका थिए । कोच आस्थाको टिममा भएका आरिफको भोटिङ कोड ०१ हो । उनलाई भोट गर्नकालागि उनको भोटिङ कोड ०१ लेखेर नेपालबाट ३७००० मा, कतारबाट ९२३०० मा र भारतबाट ५३०१० मा म्यासेज पठाउन सकिन्छ । त्यस्तै ल्याण्ड लाईनबाट १६६६७७०१ डायल गरेर र प्रभु पेको एपबाट पनि उनको प्रोफाईलमा गएर भोट गर्न सक्नुहुनेछ । आदरणीय दर्शविन्द आरिफको आवाज तपाईलाई मनपर्छ भने तपाईले पनि उनलाई उल्लेखित तरिकाहरुबाट भोट गर्नसक्नुहुनेछ । तपाईको विचारमा को बन्ला भ्वाईस अफ नेपाल सिजन २ को विजेता ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।

यो पनि हेर्नुहोस्
लाईभ राउण्डमा पुगेका उत्कृष्ट १२ लाई प्रभु पेबाट यसरी गर्नुहोस् भोट (भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*