भ्वाईस नेपालको आवाजहरु, जसलाई भोटले हरायो (भिडियो)

६ मंसिर २०७६, शुक्रबार १३:४३
Featured Video Play Icon

मकवानपुर, ०५ मंसिर । चर्चित सिंगिङ रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’ सिजन २ को लाईभ राउण्ड सुरुभएसँगै खैलाबैला मच्चिन सुरु भएको छ । निकै नै दमदार आवाज भएका प्रतियोगीहरु नै बाहिरिन थालेपछि दर्शकहरु समेत पक्षविपक्षमा उभिएका छन् । हरेक रियालिटी शोहरुमा पैसाकै कारण राम्रा प्रतियोगीहरु समेत आउट हुनुपर्ने वास्तविक तथ्यलाई बुझेकाहरु भने यस विषयमा मौन बस्ने गरेका छन् । लाईभ राउण्डबाट यो सामग्री तयार पार्दाको समयमा २ जना प्रतियोगीहरु बाहिरिएका छन् । निकै नै दमदार आवाज भएकी रजनी रिदम राई र सशिका राईले भोटको कमि भएकै कारण भ्वाईसको मञ्च छोडेका छन् । दार्जिलिङबाट साँगितिक यात्रा थालेकी रजनी रिदम राई प्रतियोगिताको लाईभ राउण्डमा बेस्ट पर्फर्मर अफ द डेको टाईटल समेत जित्न सफल प्रतियोगी हुन् । तर ईलिमिनेसन राउण्डको पहिलो भागबाटै उनी आउट भईन् । भोटकै कारण उनले आफ्नो भ्वाईसको यात्रा टुङ्गाउन बाध्य भईन् । तर उनको आत्माविश्वास स्टेजमा अन्तिमसम्मै देखियो । आफु बाहिरिँदा रोईरहेका प्रतियोगी र दर्शकहरुलाई उनले नरुन आग्रह गरिन् । उनी अहिले पोखरामा बस्छिन् । पोखरा बसाईमा एक दशक लामो यात्रा तय गरेकी रजनीले सानैदेखि संगीत क्षेत्रमा लागेका कारण आफ्नो नाममा रिदम जोडिन् । आफुलाई मनपर्ने नाम भएका कारण उनले आफ्नी १० वर्षीया छोरीको नाम पनि रिदम नै राखेकी छिन् । साँगितिक करियरकै क्रममा पोखरामा श्रीमानसँगै आएकी रजनीले केही समयपछि आफ्नो श्रीमानको साथ पनि गुमाईन् । श्रीमान टाढिएसँगै उनले छोरीसँग पनि छुट्टिएर बस्नुपर्यो । तर उनी संघर्ष गर्दै जीवनको यात्रामा अगाडि बढिरहेकी छिन् । हेर्नुहोस् भिडियो–

त्यस्तै भोटकै कारण भ्वाईसको मञ्चबाट बाहिरिएकी अर्की प्रतिभा हुन् सशिका राई । उनी उत्कृष्ट ११ सम्म पुग्न सफल भईन् । ईलिमिनेसन राउण्डको दोस्रो दिन उनी भ्वाईसको मञ्चबाट बिदा भईन् । उनी पनि रजनी जस्तै स्टेजमा आत्माविश्वासी देखिईन् । उनले पिडाको साटो बरु आफुलाई साथ दिने सबैलाई धन्यवाद दिईन् । कलेज लेभलदेखि नै गायन प्रतियोगितामा विजेता बन्दै संगीत यात्रा थालेकी सशिकाले संगीतमा लाग्न अध्ययनलाई नै स्थगित गरेकी थिईन् । अन्तरजातिय विवाह गरेकी सशिकाले जीवनमा उतार चढाव भोग्दै संगीतयात्रामा अगाडि बढेकी छिन् । उनी नकआउट राउण्डमा ‘बेस्ट पफर्मर अफ द डे’ समेत भएकी प्रतियोगी हुन् । तर उनी पनि भोटकै कारण बाहिरिन बाध्य भईन् । आदरणीय दर्शविन्द तपाईँ यी दुई प्रतियोगीका बारेमा के भन्न चाहानुहुन्छ ? तपाईको विचारमा को बन्ला भ्वाईस अफ नेपाल सिजन २ को विजेता ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।

यो पनि हेर्नुहोस्
भ्वाईस अफ नेपालका उत्कृष्ट १० आवाज (भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*