
यस्ता छन् मीस सुप्रानेशनल २०१९ का उत्कृष्ट १० सुन्दरीहरु (भिडियो)

चन्द्र घलान,मकवानपुर, ०५ मंसिर । मिस सुप्रानेशनल २०१९ डिसेम्बर ६ तारिखमा पोल्याण्डमा हुँदैछ । प्रतियोगितामा विभिन्न देशका मिस सुप्रानेशनलहरुले सहभागिता जनाउँदै छन् । नेपालबाट पनि निकै नै सम्भावना बोकेकी मिस सुप्रानेशल नेपाल २०१९ रोज लामाले प्रतियोगितामा सहभागिता जनाउँदै छिन् । मिस सुप्रानेशनलको ‘सुप्रा फ्यान भोट कन्टेस्ट’ मा उत्कृष्ट १० मा पर्दै रोजले नेपालका लागि आसा पनि देखाएकी छिन् । ११ नोभेम्बरबाट सुरु भएको सुप्रा फ्यान भोट डिसेम्बर ६ तारिखसम्म चल्नेछ । यस भोटिङको अन्तिमसम्मै उत्कृष्ट १० मा परेर विजेता हुने प्रतियोगीलाई मिस सुप्रानेशनलको अन्तिम १० प्रतियोगीका रुपमा छनौट गरिने आयोजकले जनाएको छ । त्यसैले यदि तपाईँ पनि नेपालकी रोज लामालाई अन्तिम १० मा पुराउन चाहानुहुन्छ भने मिस सुप्रानेशनलको एपबाट उनलाई विश्वका जुनसुकै ठाउँबाट भोट गर्नसक्नुहुन्छ । भोट गर्ने तरिकाका लागि यस च्यानलका थप भिडियोहरु हेर्नसक्नुहुनेछ । यस भिडियो सामग्रीमा १९ नोभेम्बरसम्म फ्यान भोटिङमा उत्कृष्ट १० मा परेकी रोज सहित १० देशका सुन्दरीहरुका बारेमा चर्चा गरिएको छ । हेरौँ यो भिडियो–
१) ग्लोरेन ग्यालोज, क्यानडा–मोडलिङका साथै नृत्य प्रशिक्षक समेत रहेकी ग्लोरेन ग्यालोज मिस सुप्रानेशनल क्यानडाकी विजेता हुन् । नर्सिङमा ब्याचलर गरेकी उनी २४ वर्षकी छिन् । मल्टीपर्पोज डान्स स्टुडियो खोल्ने लक्ष्य राखेकी उनी डकुमेन्ट्री हेर्न, अध्ययन गर्न, खाना बनाउन र कोरियोग्राफी गर्न मन पराउँछिन् । फिलिपिन्समा जन्मिएकी उनले भविष्यमा सित्तैमा अध्ययन गर्न पाउने विद्यालय खोलेर बालबालिकाका लागि उदाहरणिय काम गर्ने लक्ष्य समेत राखेकी छिन् ।
२) सेफाली सुद, भारत–बिजनेश एडमिनिस्ट्रेसनमा डिग्री गरेकी भारतकी सेफाली सुद मिस सुप्रानेशनल ईण्डियाकी बिजेता हुन् । २४ वर्षीया सेफाली हाल साईकोलोजी अध्ययन गर्दैै छिन् । फुर्सदको समयमा अध्ययन गर्न, साहित्य लेख्न, रोटी बनाउन र नृत्य गर्न रुचाउने उनले मोडलिङमै करियर बनाउने लक्ष्य राखेकी छिन् । नयाँ दिल्ली निवासी उनले साईकोलोजीमा दक्षता हासिल गरेर मनोरोगीहरुको लागि लाभदायक काम गर्ने योजना बनाएकी छिन् ।
३) जेसिका फित्रियाना, ईन्डोनेसिया–जेसिका फित्रियाना मिस सुप्रानेशनल २०१९ ईन्डोनेसियाकी विजेता हुन् । बिजनेश म्यानेज्मेन्टमा डिग्री गरेकी जेसिका फर्निचर स्टोरका सञ्चालक समेत हुन् जहाँ १२० जना कामदारहरु कार्यरत छन् । फुर्सदको समयमा नृत्य गर्न, पेन्टिङ गर्न, अभिनय गर्न, स्विमिङ गर्न र बक्सिङ खेल्न रुचाउँछिन् । आफै जागिर सिर्जना गरेर अरुलाई समेत जागिर खुवाउन लक्ष्य राख्ने उनले एचआईभी एड्स संक्रमितहरुका लागि विभिन्न फाईदाजनक कार्य गर्ने लक्ष्य राखेकी छिन् । उनी हाल एआरभी प्रदान गर्ने संस्थामा समेत कार्यरत छिन् । २४ वर्षीया जेसिका वेस्ट जाभामा बस्छिन् । उनले रोगबाट संक्रमित बालबालिकाका लागि आफैले प्रोजेक्ट समेत सुरु गर्दैछिन् । उनले यस प्रोजेक्टलाई विश्वमा फैलाउने समेत योजना बनाएकी छिन् ।
४) ईन म्या चेई, म्यानमार–अंग्रेजीमा बिए गरेकी २६ वर्षीया ईन म्या चेई मिस सुप्रानेशनल म्यानमार २०१९ की विजेता हुन् । टेलिभिज कार्यक्रम प्रस्तोता समेत रहेकी ईन म्या चेई पार्ट टाईम एमसीको पनि काम गर्छिन् । उनी फुर्सदको समयमा यात्रा गर्न, अध्यापन गर्न, लेख्न, अभिनय गर्न, अध्ययन गर्न र गीत गाउन मन पराउँछिन् । भविष्यमा टेलिभिजन होस्टकै रुपमा देशको पर्यटन विकासमा टेवा पुराउने लक्ष्य राखेकी उनले कलाकार बन्नुका साथै देशमै सौन्दर्य प्रतियोगिता गर्ने लक्ष्य समेत राखेकी छिन् । उनी आफ्नी आमाको आत्मात्यागी मनोभावनाबाट प्रभावित भएको बताउँछिन् ।
५) रोज लामा, नेपाल–काठमाडौँ जोरपाटीकी स्थायी निवासी रोज लामा मिस सुप्रानेशनल नेपाल २०१९ की विजेता हुन् । क्यालोफोर्नियामा बस्ने नेपालीहरुमाझ भएको मिस नेपाल क्यालेफोर्निया २०१७ की बिजेता समेत बनिसकेकी रोज लामा सुन्दर पेन्टिङ गर्नसक्ने खुबीका कारण पनि चर्चित छिन् । मिस नेपाल २०१९ मा मिस एथलेटमा रोजले तृतिय स्थान हासिल गरेकी थिईन् । उनी मिस फोटोजेनिक र मिस ग्लामरको टाईटल समेत जितेकी थिईन् । फुर्सदको समयमा अध्ययन गर्न, लेख्न, नृत्य गर्न तथा नयाँ नयाँ खोज गर्न मन पराउने उनले इन्डष्ट्रीयल डिजाईन र स्टुडियो आर्टसमा डिग्रीको तयारी गर्दैछिन् । २१ वर्षीया रोज ८ वर्षदेखि क्यालोफोनिर्यामा बसोबास गर्दैछिन् । भविष्यमा नेपालमै सफल उद्यमीका रुपमा काम गर्ने सोच बनाएकी रोज नेपालमा रोजगारी सिर्जना गर्न चाहान्छिन् । आर्टलाई करियरका रुपमा स्थापित गर्न सकिन्छ भन्ने प्रमाणित गर्ने लक्ष्य बोकेकी छिन् ।
६) ज्यानिक मसेता, पेरु–न्यूयोर्कको म्यानहट्टन सेन्टरमा असिस्टेन्ट अडियो ईञ्जीनियरको रुपमा कार्यरत ज्यानिक मसेता मिस सुप्रानेशनल पेरुकी विजेता हुन् । ईजाजत प्राप्त चाईल्ड केयर एडुकेटर समेत रहेकी २५ वर्षीया ज्यानिक डिजियईङ, फोटोग्राफी, फेसन स्टाईलिङ र कन्टेन्ट क्रियट गर्न रुचाउँछिन् । ज्यानिक टप अफ म्युजिक प्लेटफर्मकी कोफाउण्डर समेत हुन् । सडकबाट अघि बढ्दै संगीतमा लाग्ने लक्ष्य बनाएकाहरुका लागि काम गर्ने लक्ष्य बनाएकी उनले श्रमशोषणमा परेका बालबालिकालागि काम गर्ने समेत सोच बनाएकी छिन् ।
७) रेशम रमिर्ज साईद, फिलिपिन्स–रेशम रमिर्ज साईद मुस्लिम समुदायबाट पहिलो मिस सुप्रानेशनल फिलिपिन्सको ताज जित्न सफल सुन्दरी हुन् । सुप्रानेशनलको जिम्मेवारी पुरा गर्न अध्ययनलाई समेत स्थगित गरेकी रेशम अङ्ग्रेजी, उर्दु, पञ्जाबी, अरेविक र फ्रेञ्च भाषामा दख्खल राख्छिन् । यात्रा गर्न, स्विमिङ गर्न, बक्सिङ र कपडा डिजाईन गर्न रुचाउने उनले आफुलाई भविष्यमा वकिलको रुपमा चित्रण गर्न रुचाउँछिन् । साईकोलोजी अध्ययन गरेकी उनले लैंगिक समानता र महिला शशक्तिकरणमा वकालत गर्न आफु तयार रहेको बताउँछिन् । उनी सुप्रानेशनलको ताज जित्ने दोस्रो फिलिपिनी महिला बन्ने लक्ष्य राखेको बताउँछिन् ।
८) एण्टोनिया पोर्सिल्ड, थाईल्याण्ड–भियतनाममा हुर्किएकी २३ वर्षीया एण्टोनिया पोर्सिल्ड मिस सुप्रानेशनल थाईल्याण्डकी बिजेता हुन् । हाल बैंककमा बस्दै आएकी उनले अध्ययन तथा कामका सिलसिलामा ७ वटा देशमा बसोबास गरेर त्यहाँको रहनसहन महशुस गर्न पाएकी छिन् । फुर्सदको समयमा यात्रा गर्न, खेलकुदमा सहभागी हुन र सामाजिक कार्यमा सहभागी हुने उनको चाहाना छ । भविष्यमा विज्ञापन एजेन्सी तथा पिआर फर्म संचालन गर्ने लक्ष्य राखेकी उनले शारिरिक र मानशिक रुपमा विक्षिप्त भएका बालबालिकाका लागि फाउण्डेसन समेत निर्माण गर्ने सोच राखेकी छिन् ।
९) गाब्रियला डेलाक्रुज, भेनेजुयला–सोसियल कम्युनिकेशनमा डिग्री गरिरहेकी गाब्रियला डेलाक्रुज मिस सुप्रानेशनल भेनेजुयलाका विजेता हुन् । २० वर्षीया गाब्रियला कुनै समयमा ईङ्गल्याण्डमा समेत बसोबास गर्थिन् । फुर्सदको समयमा अध्ययन, मोडलिङ र जिम जान उनी मनपराउँछिन् । मिस सुप्रानेशनल जित्ने पहिलो भेनेजुलियन सुन्दरी बन्ने होडमा रहेकी गाब्रियला चर्चित मोडल बन्ने चाहाना राख्छिन् ।
१०) नोग च्याउ न्युन, भियतनाम–मिस सुप्रानेशनलकै दिन २५ औँ वसन्तमा प्रवेश गर्दै गरेकी नोग च्याउन न्युन मिस सुप्रानेशनल भियतनामकी विजेता हुन् । सानैमा बुवा गुमाएकी नोग च्याउ समाजमा क्यान्सरका बिरामीहरु बढ्दै गएको देखेपछि बायोटेक्नोलोजी अध्ययनमा लागिन् । फुर्सदको समयमा यात्रा गर्न र स्वयमसेवा गर्न रुचाउने उनी टप मोडल बन्न चाहान्छिन् । उनले स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यहरु गर्ने लक्ष्य पनि राखेकी छिन् । आदरणीय दर्शविन्द यी उत्कृष्ट १० प्रतियोगीहरु तपाईलाई कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् । तपाई पनि नेपालकी रोज लामा अथवा अन्य देशका प्रतियोगीहरुलाई भोट गर्न चाहानुहुन्छ भने भोट गर्ने तरिका हाम्रो च्यानलका थप भिडियोहरुमा दिइएको छ । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।
यो पनि हेर्नुहोस्
मीस सुप्रानेशनल २०१९ को फ्यान भोटिङको उत्कृष्ट १० मा नेपालकी रोज लामा, यसरी गरौँ भोट (भिडियो)