मीस सुप्रानेशनल २०१९ को फ्यान भोटिङको उत्कृष्ट १० मा नेपालकी रोज लामा, यसरी गरौँ भोट (भिडियो)

३ मंसिर २०७६, मंगलवार २०:४५
Featured Video Play Icon

मकवानपुर, ०३ मंसिर । मिस सुप्रानेशनल २०१९ को ‘सुप्रा फ्यान भोट कन्टेस्ट’ मा नेपालकी रोज लामा उत्कृष्ट १० मा पर्न सफल भएकी छिन् । निकै नै सम्भावना बोकेकी मिस सुप्रानेशल नेपाल २०१९ रोज लामाले सुप्रा फ्यान भोटमा उत्कृष्ट १० मा स्थान कायम गरेकी हुन् । ११ नोभेम्बरबाट सुरु भएको सुप्रा फ्यान भोट डिसेम्बर ६ तारिखसम्म चल्नेछ । यस भोटिङको अन्तिमसम्मै उत्कृष्ट १० मा परेर विजेता हुने प्रतियोगीलाई मिस सुपर नेशनलको अन्तिम १० प्रतियोगीका रुपमा छनौट गरिने छ । त्यसैले यदि तपाईँ पनि नेपालकी रोज लामालाई फ्यान भोटमा जिताउन चाहानुहुन्छ भने मिस सुप्रानेशनलको एपबाट उनलाई विश्वका जुनसुकै ठाउँबाट भोट गर्नसक्नुहुन्छ । कसरी गर्ने भोट ? हेर्नुहोस् भिडियो–

रोजलाई भोट गर्नका लागि सर्वप्रथम तपाईले गुगल प्ले स्टोर अथवा एप स्टोरबाट मिस सुप्रानेशनल एप डाउनलोड गरेर ईन्स्टल गर्नुपर्छ । त्यसपछि त्यसलाई ओपन गर्ने बित्तिकै तपाईले विभिन्न मेन्यूहरु सहित मिस सुप्रानेशनल २०१९ को उत्कृष्ट १० अपडेट अथवा अन्य अपडेटहरु देख्नसक्नुहुन्छ । उक्त पेजको सबैभन्दा तल डिस्कोभर, कन्टेस्टेन्ट्स्, भोट, प्रिमियम र प्रोफाईल भन्ने अप्सनहरु देख्नसक्नुहुन्छ । तपाईले उक्त अप्सनमध्ये भोट भन्ने अप्सनमा थिच्नुहोस् । त्यसपछि त्यहाँ मिस सुप्रानेशनल २०१९ को पेज देख्नसक्नुहुन्छ र त्यसमा क्लिक गर्नुहोस् । यसरी क्लिक गर्दा ‘सुप्रा फ्यान भोट कन्टेस्ट २०१९’ लेखिएको देख्नसक्नुहुनेछ र त्यसको तल विभिन्न जानकारी सहित विभिन्न देशका सहभागीहरुको तस्बिर देख्नसक्नुहुन्छ । अल्फाबेटिकल अर्डरमा राखिएको उक्त तस्बिरहरुमा तपाईँले नेपाल लेखिएको रोजको तस्बिर देख्नसक्नुहुन्छ । तस्बिरमा स्टारको चिन्ह समेत देखिन्छ । त्यहाँ क्लिक गरेपछि रोजको पेज खुल्छ । तपाईले स्टारमा थिच्नुभएपछि एक भोट फ्रिमा गर्न सक्नुहुन्छ । तर तपाईले सित्तैमा एउटा मात्र भोट एउटै मात्र प्रतियोगीलाई दिनसक्नुहुन्छ । यदि तपाई थप भोट गर्न चाहानुहुन्छ भने तस्बिरको तल स्टारको चिन्हसँगै ‘बाई मोर’ भन्ने अप्सनमा क्लिक गर्नसक्नुहुन्छ ।

त्यसमा क्लिक गर्दा प्रतियोगीको तस्बिरसहित विभिन्न भोटिङ प्याकेजहरु देख्नसक्नुहुनेछ । त्यहाँबाट तपाईँले ०.९९ डलरको एक भोटदेखि ९८.३६ डलरको १ सय भोटसम्म किन्न सक्नुहुन्छ । कुनै प्याकेज छानेपछि गेट भोट भन्ने अप्सनमा थिचेर तपाईले आफ्नो डेबिड वा क्रेडिट कार्डबाट पैसा तिर्न सक्नुहुन्छ । यसरी तपाईले रोजलाई भोट गर्न सक्नुहुन्छ । भोटिङ एपको अन्य अप्सनहरुमा डिस्कभरबाट पछिल्ला अपडेटहरु पाउन सक्नुहुन्छ । त्यस्तै कन्टेस्टेन्टबाट सहभागीहरु सुन्दरीहरुका बारेमा जानकारी र तस्बिरहरु पाउन सक्नुहुन्छ अथवा त्यहीँबाट भोट गर्न सक्नुहुन्छ । त्यस्तै प्रिमियम भन्ने अप्सनबाट तपाईँ ३.०९ युरो तिरेर प्रिमियम एक्सेस गर्न सक्नुहुन्छ । प्रिमियम फिचर किन्दा तपाईले फोटो सुट तथा प्रतियोगिताका बाँकी कुराहरु पनि हेर्नसक्नुहुन्छ । त्यस्तै प्रोफाईल भन्ने अप्सनमा गएर तपाई आफ्नो प्रोफाईल सेभ गर्नसक्नुहुन्छ । तर भोट गर्नकालागि प्रोफाईल बनाउनै पर्छ भन्ने छैन । तपाई पनि आजै मिस सुप्रानेशनल रोज लामालाई जिताउन भोट गर्नुहोस् । आदरणीय दर्शकविन्द तपाईँलाई मनमा लागेका कुराहरु कृपया कमेन्ट गर्न नभुल्नुहोला । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्न नभुल्नुहोला ।
यो पनि हेर्नुहोस्
लाईभ राउण्डमा पुगेका उत्कृष्ट १२ लाई प्रभु पेबाट यसरी गर्नुहोस् भोट (भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*