लाईभ राउण्डमा पुगेका उत्कृष्ट १२ लाई प्रभु पेबाट यसरी गर्नुहोस् भोट (भिडियो)

२७ कार्तिक २०७६, बुधबार ११:४१
Featured Video Play Icon

चन्द्र घलान,मकवानपुर, २७ कात्तिक । चर्चित सिंगिङ रियालिटी शो ‘द भोईस अफ नेपाल’ सिजन २ को लाईभ राउण्डमा १२ जना प्रतियोगीहरु भिडिरहेका छन् । लाईभ राउण्ड सुरु भएसँगै भोटिङ लाईन समेत खुलिसकेको छ । लाईभ राउण्डका प्रतियोगीहरुलाई फाईनलसम्म पुराउनका लागि नेपालका साथै भारत र कतारबाट समेत म्यासेज गरेर भोट गर्न सकिन्छ । साथै प्रभु पे को एपमार्फत विश्वभरीबाट नै भोट गर्ने व्यवस्था पनि मिलाइएको छ । तर प्रभु पेबाट अनलाईन भोट गर्न पनि तपाईसँग प्रभु पेमा ब्यालेन्स हुनु जरुरी छ । यस भिडियो सामग्रीमा लाईभ राउण्डमा प्रस्तुति दिएका उत्कृष्ट १२ प्रतियोगीहरुलाई प्रभु पेको एपमार्फत भोट गर्ने तरिकाका बारेमा चर्चा गरिएको छ । भ्वाईस अफ नेपालका बारेमा अन्य जानकारीकालागि हाम्रो च्यानलका थप भिडियोहरु हेर्नुहोला । हेर्नुहोस् भोट गर्ने तरिका भिडियोमा–

प्रभु पेबाट भोट गर्नका लागि सर्वप्रथम तपाईले प्रभु पेको एप डाउनलोड गर्नुपर्छ । त्यसका लागि गुगल प्ले स्टोर वा एप्पल स्टोरमा गएर प्रभु पे खोज्न सक्नुहुनेछ । प्रभु पे एप ईन्स्टल गरेपछि ‘रजिस्टर नाउ’ मा क्लिक गर्नुपर्छ र देश छानेर मोबाईल नम्बर हालेर नेक्स्ट गर्नुपर्छ । तपाईले ईमेल नराख्दा पनि फरक पर्दैन । त्यसपछि मोबाईलमा आएको भेरिफाई कोड राखेपछि तपाईको लग ईन पासवर्ड राख्नसक्नुहुन्छ । त्यसपछि एप्लिकेसन खोलेर स्क्रोल गर्नुहोस् र ‘टिकेट एण्ड ईभेन्ट्स्’ मा जानुहोस् ।

त्यहाँ तपाईले भोईस अफ नेपाल लेखेको बटन देख्नसक्नुहुन्छ र त्यसमा क्लिक गरेपछि तपाईले भोईस अफ नेपालको आईकन सहित भोटिङ बन्द हुने समय र ‘भोट नाउ’ भन्ने अप्सन देख्नसक्नुहुन्छ । त्यहाँ तपाईले भ्वाईस अफ नेपालका एपिसोडहरु समेत हेर्नसक्नुहुन्छ । त्यसपछि ‘भोट नाउ’ मा क्लिक गरेपछि तपाईले उत्कृष्ट १२ प्रतियोगीहरुको फोटो सहितको भोटिङ अप्सन देख्नसक्नुहुन्छ । त्यहाँ तपाईले उनीहरुको बारेमा जानकारी तथा फेसबुक प्रोफाईल पनि भेट्न सक्नुहुन्छ । त्यसका लागि तपाईले ‘प्रोफाईल’ भन्ने अप्सनमा क्लिक गर्नुपर्छ । तपाईले भोट भन्ने अप्सनमा क्लिक गरेर मनपर्ने प्रतियोगीहरुलाई भोट गर्न सक्नुहुन्छ । ‘भोट’ भन्ने अप्सनमा क्लिक गर्दा दुई वटा अप्सन आउँछ जसमा ‘भोट नाउ’ र ‘आएै ह्याभ अ कुपन’ भन्ने अप्सन हुन्छ । तपाईसँग कुपन भए कुपनबाट पनि भोट गर्नसक्नुहुन्छ । ‘भोट नाउ’ भन्ने अप्सनमा क्लिक गरेपछि तपाईले भोट गर्न चाहानुभएको सहभागीको फोटो सहित भोट गर्ने अप्सनहरु आउँछ ।

तपाईले हरेक हप्ता एक जना सहभागीलाई एक भोट फ्रीमा दिन सक्नुहुन्छ । त्यस्तै ५० रुपैयाँको १० भोट, एक सयको २५ भोट, एक सय पचहत्तरको ५० भोट, दुई सय पच्पन्नको ७५ भोट, तीन सय बिसको १०० भोट, एक हजार पाँच सय पचासको ५०० भोट र तीन हजारको १ हजार वटा भोट गर्नसक्नुहुन्छ । यी मध्ये कुनै एक प्याकेज छानेर ‘भोट नाउ’ मा क्लिक गर्नुहोस् । त्यसपछि कन्फर्मेसन नोटिफिकेसन आउँछ र त्यसमा ‘कन्फर्म’ भन्ने अप्सन आउँछ र त्यसमा कन्फर्म गर्नसक्नुहुन्छ । त्यसपछि भोट गरिएको जानकारी म्यासेज मार्फत पनि आउँछ । यसरी तपाईले प्रभु पे एपबाट भोट गर्नसक्नुहुन्छ । आदरणीय दर्शविन्द यी प्रतियोगीहरुमध्ये तपाईलाई कसको आवाज मनपर्छ ? को बन्ला भ्वाईस अफ नेपाल सिजन २ को विजेता ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।
यो पनि हेर्नुहोस्
लाईभ राउण्डमा पुगेका उत्कृष्ट १२ आवाज(भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*