लाईभ राउण्डमा पुगेका उत्कृष्ट १२ आवाज (भिडियो)

२० कार्तिक २०७६, बुधबार ०८:१८
Featured Video Play Icon

मकवानपुर, २० कात्तिक । चर्चित सिंगिङ रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’ सिजन २ को नकआउट राउण्ड सकिएको छ । नकआउटमा भिडेका ३७ मध्ये १२ जना प्रतियोगीहरु लाईभ राउण्डका लागि छानिएका छन् । यस भिडियो सामग्रीमा लाईभ राउण्डका लागि छानिएका उत्कृष्ट १२ प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । भ्वाईस अफ नेपालका अन्य राउण्डहरुका बारेमा जान्न हाम्रो च्यानलका थप भिडियोहरु हेर्नुहोला । हेरौँ उत्कृष्ट १२ को भिडियो–

१) विकास लिम्बु, झापा, हाल काठमाडौँ– नकआउट राउण्डबाट लाईभ राउण्डकाका लागि छानिएका पहिलो प्रतिभा हुन् झापाका विकास लिम्बु । उनले नकआउटमा पृथ्वीन्द्र खनाल र अंकित बस्नेतसँग प्रतिस्पर्धा गरेका थिए । विकासले नकआउट राउण्डमा ‘घुम्तीमा नआउ है’ बोलको गीत गाएका थिए । निकै नै तयारीका साथ आएका विकासले गीतलाई निकै सुमधुर बनाउँदै दर्शक र कोचको मन जिते । उनी पहिलो एपिसोडको ‘बेस्ट पफर्मर अफ द डे’ समेत घोषित भएका थिए । साँगितिक परिवारमा जन्मिएका विकासले सानैदेखि गीत गाउन थालेका हुन् । ५ वर्षदेखि काठमाडौँमा संघर्ष गरिरहेका विकासले संघर्षकै बिच गजल साँझमा गजल समेत गाएका छन् । उनले राम्रो प्ले ब्याक सिंगर हुने सपना पालेका छन् । उनी कोच दिपको टिममा छन् ।

२) रजनी रिदम राई, दार्जिलिङ, हाल पोखरा– नकआउट राउण्डबाट लाईभ राउण्डकाका लागि छानिएकी दोस्रो प्रतिभा हुन् दार्जिलिङकी रजनी रिदम राई । उनले नकआउटमा निर्मला घिसिङ र सुमन परियारसँग प्रतिस्पर्धा गरेकी थिईन् । रजनीले नकआउट राउण्डमा ‘फेरि आयो त्यो कालो रात’ बोलको गीत गाएकी थिईन् । दार्जिलिङबाट साँगितिक यात्रा थालेकी रजनी अहिले पोखरामा बस्छिन् । पोखरा बसाईमा एक दशक लामो यात्रा तय गरेकी रजनीले सानैदेखि संगीत क्षेत्रमा लागेका कारण आफ्नो नाममा रिदम जोडिन् । आफुलाई मनपर्ने नाम भएका कारण उनले आफ्नी १० वर्षीया छोरीको नाम पनि रिदम नै राखेकी छिन् । साँगितिक करियरकै क्रममा पोखरामा श्रीमानसँगै आएकी रजनीले त्यसबेला ठूलो चोट पनि सहिन् । संगीतकार समेत रहेका आफ्नो पतिसँग उनले छुट्टिएर बस्नुपर्यो । जसका कारण उनकी छोरी पनि दार्जिलिङमै बसिन् । छोरीको खुशीका लागि पनि उनी आफु भ्वाईसमा आएको बताउँछिन् । ३३ वर्षीया रजनी कोच दिपको टिममा छिन् ।

३) सञ्जय महत, डिल्लीबजार, काठमाडौँ– नकआउट राउण्डबाट लाईभ राउण्डकाका लागि छानिएका तेस्रो प्रतिभा हुन् काठमाडौँका सञ्जय महत । उनले नकआउटमा डम्बर हिङमाङ र कविराज हुमागाईसँग प्रतिस्पर्धा गरेका थिए । सञ्जयले नकआउट राउण्डमा ‘‘सोचेको’ बोलको गीतमा प्रस्तुति दिएका थिए । ब्याटलमा कोच राजुको टिमबाट भिडेका उनलाई कोच दिपले स्टिल गरेका थिए । सानैदेखि सुपर न्याचुरल पावरमा आकर्षित सञ्जयले दाँत पनि निकै लामो बनाएका छन् । सुमधुर गीत गाउने सञ्जयलाई धेरैले ड्राकुला भनेर चिन्छन् । २६ वर्षीय सञ्जयको आवाज सुनेर ब्लाईन्ड अडिसनमा चारै जना कोचहरु समेत फर्किएका थिए । उनी कोच दिपको टिममा छन् ।

४) याङ्की योल्मो, दार्जिलिङ– नकआउट राउण्डबाट लाईभ राउण्डका लागि छानिएकी चौथो प्रतिभा हुन् दार्जिलिङकी याङ्की योल्मो । उनले नकआउटमा राजिव सोनार र जमुना राईसँग प्रतिस्पर्धा गरेकी थिईन् । याङ्कीले नकआउट राउण्डमा एक्सीस ब्याण्डको ‘मुस्कान’ बोलको गीत गाएकी थिईन् । दार्जिलिङको आलुबारीबाट भ्वाईस अफ नेपालको दोस्रो सिजनमा सहभागी हुन आएकी याङ्कीको वास्तविक नाम याङ डोल्मो हो । हेलम्बुको सँस्कृतिसँग जोडिएकी याङ्की आफ्नो हजुरबुवालाई प्रेरणाको श्रोत मान्छिन् । ह्योल्मो सँस्कृतिको गीत समेत गाएकी २२ वर्षीया याङ्की चारै जना कोचलाई आफुतिर फर्काउन सफल प्रतियोगी हुन् । साथै ब्याटलमा समेत चारै जना कोचको स्ट्याण्डिङ अवेशन पाएकी उनी कोच आश्थाको टिममा छिन् ।

५) सशिका राई, मकवानपुर, हाल बालुवाटार – नकआउट राउण्डबाट लाईभ राउण्डका लागि छानिएकी पाँचौँ प्रतिभा हुन् मकवानपुरकी सशिका राई । उनले नकआउटमा श्रृङ्खला जोशी र रिता राईसँग प्रतिस्पर्धा गरेकी थिईन् । सशिकाले नकआउट राउण्डमा ‘सम्हालेर राख’ बोलको गीत गाएकी थिईन् । यस अघि कोच राजुको टिममा भएकी सशिकालाई ब्याटलबाट कोच आस्थाले स्टिल गर्दै सेभ गरेकी थिईन् । कलेज लेभलदेखि नै गायन प्रतियोगितामा विजेता बन्दै संगीत यात्रा थालेकी सशिकाले संगीतमा लाग्न अध्ययनलाई नै स्थगित गरिन् । अन्तरजातिय विवाह गरेकी सशिकाले जीवनमा उतार चढाव भोग्दै अहिले संगीतको रेसमा नै सामेल हुने निर्णय गरेकी छिन् । उनी दोस्रो एपिसोडको ‘बेस्ट पफर्मर अफ द डे’ समेत भएकी थिईन् ।

६) आरिफ रौफ,नयाँ बानेश्वर, काठमाण्डौ – नकआउट राउण्डबाट लाईभ राउण्डका लागि छानिएका छैटौँ प्रतिभा हुन् बानेश्वरका आरिफ रौफ । उनले नकआउटमा नविना जोशी, कुमा सागर र राहुल विश्वकर्मासँग प्रतिस्पर्धा गरेका थिए । आरिफले नकआउट राउण्डमा ‘तिमीलाई कुनै पल’ बोलको गीतमा प्रस्तुति दिएका थिए । भ्वाईस अफ नेपालको पहिलो सिजनमा समेत सहभागी भएका आरिफ यो वर्ष थप तयारीका साथ आएका छन् । पार्ट टाईम लेक्चररका रुपमा कार्यरत आरिफ हार्डवेयरको व्यवसाय पनि गर्छन् । २३ वर्षीय आरिफले ब्लाईन्ड अडिसनमा चारै जना कोचलाई आफुतर्फ फर्काएका थिए । उनी कोच आस्थाको टिममा छन् ।

७) बलबहादुर राजवंशी, झापा– नकआउट राउण्डबाट लाईभ राउण्डका लागि छानिएका सातौँ प्रतिभा हुन् झापाका बलबहादुर राजवंशी । उनले नकआउटमा साईकिरण लम्साल र विशाल राईसँग प्रतिस्पर्धा गरेका थिए । बलबहादुरले नकआउट राउण्डमा ‘गल्ती हजार हुन्छन्’ बोलको गीत गाएर स्वर सम्राट नारायण गोपालको सम्झना दिलाएका थिए । झापाको राजवंशी कुलबाट आएका बलबहादुरलाई गायनमा सबै गाउँवासीको साथ छ । गाउँमा समेत चर्चित रहेका बलबहादुर कोच प्रमोदको टिममा छन् ।

८) मेचु धिमाल, मोरङ– नकआउट राउण्डबाट लाईभ राउण्डका लागि छानिएकी आठौँ प्रतिभा हुन् मोरङकी मेचु धिमाल । उनले नकआउटमा विमोचना लोम्जेल र सुशान्त गौतमसँग प्रतिस्पर्धा गरेकी थिईन् । मेचुले नकआउट राउण्डमा ‘सधैँ जस्तो’ बोलको गीत गाएकी थिईन् । गीतहरु लेख्नुका साथै आफ्नै भाषामा पनि गीत गाएकी मेचु आफुलाई अहिले पनि सघर्षरत गायिका बताउँछिन् । आफ्नै भोगाईबाट जीवन बुझेकी २४ वर्षीया मेचु कोच प्रमोदको टिममा छिन् ।

९) राम लिम्बु, विर्तामोड, झापा– नकआउट राउण्डबाट लाईभ राउण्डकाका लागि छानिएका नवौँ प्रतिभा हुन् झापाका राम लिम्बु । उनले नकआउटमा सौगात राई र मधु लामासँग प्रतिस्पर्धा गरेका थिए । रामले नकआउट राउण्डमा ‘गुराँशको फेदमुनि’ बोलको गीतमा प्रस्तुति दिएका थिए । यसअघि ब्याटलबाट कोच प्रमोदले उनलाई स्टील पावरको प्रयोग गर्दै नकआउटका लागि सेभ गरेका थिए । स्थानीय ब्याण्डका दाईहरुसँगै गीत गाउँदै हिँड्ने गरेका रामले औपचारिक रुपमा साँगितिक कक्षा लिएका छैनन् । तर उनी गीत गाउन माहिर छन् । २३ वर्षीय राम दोस्रो सिजनको ब्याटल राउण्डमा चारै जना कोचलाई फर्काउन सफल छैटौँ प्रतियोगी समेत हुन् । उनी कोच प्रमोदको टिममा छन् ।

१०) गीता शर्मा, सिक्किम– नकआउट राउण्डबाट लाईभ राउण्डका लागि छानिएकी दशौँ प्रतिभा हुन् सिक्किमकी गीता शर्मा । उनले नकआउटमा वैशाली लामा र आकांक्षा थापासँग प्रतिस्पर्धा गरेकी थिईन् । गीताले नकआउट राउण्डमा ‘तिमी बाहेक’ बोलको गीत गाएकी थिईन् । सँगीतमा संघर्ष गरिरहेकी गीताको जीवनकथामा पनि नयाँ मोड आउने अपेक्षा गरिएको छ । बुवाले परिवारलाई छोडेपछि पिडामा परेकी गीताले अध्ययन बिचैमा छोड्न बाध्य भएकी थिईन् । अध्ययन रोकिएपछि संगीतलाई आफ्नो लक्ष्य बनाएकी गीता आफै कमाउदै सँगीत क्षेत्रमा संघर्ष गर्दै छिन् । ३३ वर्षीया गीताले ब्लाईन्ड अडिसनमा चारै जना कोच फर्काउन सफल भएकी थिईन् । उनी कोच राजुको टिममा छिन् ।

११) अञ्जु राना मगर, चितवन– नकआउट राउण्डबाट लाईभ राउण्डका लागि छानिएकी एघारौँ प्रतिभा हुन् चितवनकी अञ्जु राना मगर । उनले नकआउटमा करण दोङ र कुमार गुरुङसँग प्रतिस्पर्धा गरेकी थिईन् । अञ्जुले नकआउट राउण्डमा ‘दिन र रात’ बोलको गीत गाएकी थिईन् । सानैदेखि गीत गाउन थालेकी अञ्जुले जीवनमा विभिन्न बाधाहरु पार गरेकी छिन् । छोरीले समाजमा आफु खुशी हिँड्न नपाउने सँस्कृतिमा हुर्किएकी उनले केही समय सँगीतलाई स्थगित समेत गर्न बाध्य भईन् । २ वर्षसम्म उनले गीत गाउन छाडिन् । तर समाजले के भन्छ भन्ने कुरालाई पछि छाड्दै उनी पूनः गीत गाउन अगाडि बढिन् । उनी अहिले चर्चित ब्याण्डमा समेत आवद्ध छिन् । ब्लाईन्ड अडिसनमा उनले चारै जना कोचलाई आफुतिर फर्काउन सफल भएकी थिईन् । उनी कोच राजुको टिममा छिन् ।

१२) सनिश श्रेष्ठ, कोटेश्वर, काठमाडौँ–
नकआउट राउण्डबाट लाईभ राउण्डकाका लागि छानिएका बाह्रौँ तथा अन्तिम प्रतिभा हुन् कोटेश्वरका सनिश श्रेष्ठ । उनले नकआउटमा विजय राई र रेवन लामासँग प्रतिस्पर्धा गरेका थिए । सनिशले नकआउट राउण्डमा ‘लेखिएका शब्द’ बोलको गीतमा प्रस्तुति दिएका थिए । हजुरबुवाबाट गीत गाउने प्रेरणा पाएका सनिशले हजुरबुवाले भजन गाएको देखेर सँगीतमा रुचि राखेका थिए । गीतार बजाउँदै गीत गाउँदै गरेका उनी गीतारकै कारण आफुले पढाईमा खासै उन्नती गर्न नसकेको बताउँछन् । १९ वर्षीय सनिश भ्वाईसको दोस्रो सिजनमा चारै जना कोचलाई आफुतिर फर्काउन सफल पहिलो प्रतियोगी हुन् । उनको प्रस्तुति द भ्वाईस ग्लोबलको उत्कृष्ट ५ मा समेत पर्न सफल भएको थियो । उनी कोच राजुको टिममा छन् । आदरणीय दर्शविन्द यी प्रतियोगीहरुमध्ये तपाईलाई कसको आवाज मनपर्छ ? को बन्ला भ्वाईस अफ नेपाल सिजन २ को विजेता ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।
यो पनि हेर्नुहोस्
भ्वाईस अफ नेपालको पहिलो डुओ ‘राहुल–कुमा’ (भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*