भ्वाईस अफ नेपालको पहिलो डुओ ‘राहुल–कुमा’ (भिडियो)

चन्द्र घलान, मकवानपुर, ४ कात्तिक । चर्चित सिंगिङ रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’ ले ऐतिहासिक पहिलो डुओ प्राप्त गरेको छ । भ्वाईस अफ नेपालको सिजन २ को सेकेन्ड लास्ट ब्याटलमा ऐतिहासिक पहिलो डुओ प्राप्त भएको हो । राहुल विश्वकर्मा र कुमा सागर ‘राहुल–कुमा’ का रुपमा डुओ भएका हुन् । हेर्नुहोस् भिडियो–
शुक्रबार भएको तेस्रो ब्याटलमा टिम आस्थाबाट कुमा सागर र राहुल विश्वकर्मा भिडेका थिए । उनीहरुले ‘नहेर मलाई कर्के नजर’ बोलको गीतमा प्रतिस्पर्धा गरेका थिए । यस ब्याटलबाट रकिङ पर्फोमेन्स दिएका राहुल र कुमालाई भ्वाईस अफ नेपालको स्टेजमा कोच आश्थाले डुओका लागि मौका दिए । चारै जना कोचको सहमति तथा राहुल र कुमाको सहमतिमा उनीहरु दुबै डुओ हुँदै नकआउटका लागि छानिएका हुन् । यससँगै यी दुई दमदार गायकले अब ‘राहुल–कुमा’ को नामबाट एक भई नकआउट भिडन्त गर्नेछन् । यस अघि कोच प्रमोदले पनि मधु लामा र साजन लामालाई ऐतिहासिक पहिलो डुओका लागि आग्रह गरेका थिए । तर उनीहरु एक भएर अगाडि बढ्न सकेका थिएनन् । तर यो पटक भने भ्वाईस अफ नेपालले पहिलो डुओ पाउन सफल भएको छ । आदरणीय दर्शविन्द यी प्रतियोगीहरुमध्ये तपाईलाई कसको आवाज मनपर्छ ? तपाईको विचारमा फाईनलसम्म कुन प्रतियोगीहरु पुग्न सक्छन् ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।
यो पनि हेर्नुहोस्
मिस ग्राण्ड ईन्टरनेशनलमा नेपालकी निशा पाठकको दमदार ईन्ट्री
यो पनि हेर्नुहोस्
गायक जनक लामाको डिजे गीतमा हेटौँडाकी पुजा गोलेको अभिनय
मकवानपुरको हेटौँडा उपमहानगरपालिका निवासी नव कलाकार पुजा गोलेले गायक जनक लामाको नयाँ गीतको म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । जनक लामा र अर्चना स्याङ्तानको आवाजमा तयार पारिएको डिजे गीत ‘बालै फरर’ मा उनले अभिनय गरेकी हुन् । गीतमा मकवानपुरे चर्चित कलाकार तथा गीतकार छिरिङ दोर्जे लामाको शब्द रहेको छ ।
गायिका अर्चना स्याङ्तानको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोमा पुजासँगै अनुप विष्टले अभिनय गरेका छन् । राम घिमिरे कल्याणको संगीत तथा बिष्णु तामाङको एरेञ्जमा गीत तयार भएको हो । गीतको अडियो भिडियो अर्चना स्याङ्तानको निर्माणमा तयार भएको हो ।गीतमा सजित ब्लोन तामाङको प्रस्तुती रहेको छ । गीतको म्युजिक भिडियोलाई प्रविण थापाले निर्देशन गरेका छन् । नमराज घिमिरेको सिनेम्याटोग्राफी रहेको म्युजिक भिडियोलाई शक्ति प्रज्वल घिमिरेले सम्पादन गरेका हुन् । गीतको पोष्ट प्रोडक्सन ह्वाईट मिडिया प्रालिले गरेको हो ।