नकआउट राउण्डमा भिड्नेहरु, भाग ५ (भिडियो)

२६ आश्विन २०७६, आईतवार १५:५३
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, २६ असोज । चर्चित सिंगिङ रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’ को सिजन २ मा अहिले ब्याटल राउण्ड चलिरहेको छ । डिजिटल अडिसन हुँदै ब्लाईन्ड अडिसनबाट छनौट भएका ६४ जना प्रतियोगीहरुले अहिले ब्याटलमा प्रतिस्पर्धा गरिरहेका छन् । यस भिडियो सिरिजको पाँचौ भागमा नकआउट राउण्डका लागि छानिएका थप ५ जना प्रतियोगीहरु सनिश श्रेष्ठ, सशिका सुनार राई, अंकित बस्नेत, राजिव सोनार र विमोचना लोम्जेलका बारेमा चर्चा गर्दैछौँ । नकआउटका लागि छानिएका अन्य प्रतियोगीहरुका बारेमा जान्न हाम्रो च्यानलका थप भिडियोहरु हेर्नुहोला । हेर्नुहोस् भिडियो–

सनिश श्रेष्ठ, कोटेश्वर, काठमाडौँ– ब्याटल राउण्डबाट नकआउटका लागि छानिएका १८ औँ प्रतियोगी हुन् काठमाडौँ कोटेश्वरका सनिश श्रेष्ठ । उनले ब्याटलमा सशिका सुनारसँग प्रतिस्पर्धा गरेका थिए । ‘मिठो तिम्रो मुस्कानमा’ बोलको गीतमा भएको प्रतिस्पर्धाबाट सनिशले नकआउटका लागि बाजी मारे । हजुरबुवाबाट गीत गाउने प्रेरणा पाएका सनिशले हजुरबुवाले भजन गाएको देखेर सँगीतमा रुचि राखेका थिए । गीतार बजाउँदै गीत गाउँदै गरेका उनी गीतारकै कारण आफुले पढाईमा खासै उन्नती गर्न नसकेको सुनाउँछन् । १९ वर्षीय सनिश भ्वाईसको दोस्रो सिजनमा चारै जना कोचलाई आफुतिर फर्काउन सफल पहिलो प्रतियोगी हुन् । उनको प्रस्तुति द भ्वाईस ग्लोबलको उत्कृष्ट ५ मा समेत पर्न सफल भएको थियो । उनी कोच राजु लामाको टिममा छन् ।

सशिका सुनार राई, मकवानपुर, हाल बालुवाटार – ब्याटल राउण्डबाट नकआउटका लागि छानिएका १९ औँ प्रतियोगी हुन् मकवानपुर घर भई हाल बालुवाटार बस्दै आएकी सशिका सुनार । उनले ब्याटलमा सनिश श्रेष्ठसँग प्रतिस्पर्धा गरेका थिए । ‘मिठो तिम्रो मुस्कानमा’ बोलको गीतमा भएको प्रतिस्पर्धाबाट सनिशले नकआउटका लागि बाजी मारे लगत्तै उनलाई कोच आस्थाले स्टिल गर्दै सेभ गरेकी हुन् । यससँगै सशिका पनि नकआउटमा प्रवेश गरेकी छिन् । उनी अब कोच राजुको टिमबाट कोच आस्थाको टिममा पुगेकी छिन् । कलेज लेभलदेखि नै गायन प्रतियोगितामा विजेता बन्दै संगीत यात्रा थालेकी सशिकाले संगीतमा लाग्न अध्ययनलाई नै स्थगित गरिन् । अन्तरजातिय विवाह गरेकी सशिकाले जीवनमा उतार चढाव भोग्दै अहिले संगीतको रेसमा नै सामेल हुने निर्णय गरेकी छिन् ।

अंकित बस्नेत, खुमल्टार, ललितपुर– ब्याटल राउण्डबाट नकआउटका लागि छानिएका २० औँ प्रतिभा हुन् खुमलटार ललितपुरका अंकति बस्नेत । उनले ब्याटलमा सुनिल लोहला श्रेष्ठसँग प्रतिस्पर्धा गरेका थिए । ‘भन के छ बन्दोबस्त’ बोलको गीतमा भएको प्रतिस्पर्धाबाट अंकितले नकआउटका लागि बाजी मारे । सानैदेखि संगीतमा लागेका अंकित आमाको भजनबाट प्रभावित भएर गायन क्षेत्रमा लागेका हुन् । संगीतलाई जीवनको सुखदुखसँग जोडेका उनी आफ्नो प्रतिभा भ्वाईसमार्फत प्रस्तुत गर्न पाएकोमा गर्व महशुस गर्छन् । २३ वर्षीय अंकित कोच दिपको टिममा छन् ।

राजिव सोनार, आसाम – ब्याटल राउण्डबाट नकआउटका लागि छानिएका २१ औँ प्रतिभा हुन् आसाम भारतका राजिव सोनार । उनले ब्याटलमा एजेश पौडेलसँग प्रतिस्पर्धा गरेका थिए । ‘विरताको चिनो’ बोलको गीतमा भएको प्रतिस्पर्धाबाट राजिवले नकआउटका लागि बाजी मारे । सानैदेखि दाईको गीत सुनेर हुर्किएका उनलाई दाईको गीतले नै संगीतमा लाग्ने प्रेरणा मिल्यो । परिवार र गुरुहरुबाट थप हौसला पाएका राजिव कोच आश्थाको टिममा छन् ।

विमोचना लोम्जेल, दार्जिलिङ– ब्याटल राउण्डबाट नकआउटका लागि छानिएका २२ औँ प्रतिभा हुन् दार्जिलिङकी विमोचना लोम्जेल । उनले ब्याटलमा प्रवेश खतिवडासँग प्रतिस्पर्धा गरेका थिए । ‘मखमली पछ्यौरीले सानु’ बोलको गीतमा भएको प्रतिस्पर्धाबाट विमोचनाले नकआउटका लागि बाजी मारे । सुरुदेखि नै साँगितिक परिवारमा हुर्किएकी विमोचना चर्चित लोक गायिका डेजी बराईलीकी छोरी हुन् । उनका बुवा पनि चर्चित संगीतकार हुन् । सन् २००६ मा ‘पलेटी’ कार्यक्रममा आमाबुवासँगै गीत गाउन काठमाडौँ आएकी विमोचनाले सँगीतमा नै जीवन डोराउने लक्ष्य राखेकी छिन् । सँगीत कक्षा सँगै औपचारिक अध्ययन समेत गरिरहेकी उनी आमाबुवाकै बाटो पछ्याउन चाहान्छिन् । उनले ब्लाईन्ड अडिसनमा चारै जना कोचलाई आफुतर्फ फर्काउन सफल भएकी थिईन् । विमोचना कोच प्रमोदको टिममा छिन् । आदरणीय दर्शविन्द यी प्रतियोगीहरुमध्ये तपाईलाई कसको आवाज मनपर्छ ? तपाईको विचारमा फाईनलसम्म कुन प्रतियोगीहरु पुग्न सक्छन् ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।
यो पनि हेर्नुहोस्
एउटा पिडादायी प्रेमकथा, बितेका पलहरु–१


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*