ब्याटल राउण्डमा को भन्दा को कम ? भाग–३ (भिडियो)

२२ आश्विन २०७६, बुधबार १५:४६
Featured Video Play Icon

चन्द्र घलान, २२ असोज । चर्चित सिंगिङ रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’ को सिजन २ मा अहिले ब्याटल राउण्ड चलिरहेको छ । डिजिटल अडिसन हुँदै ब्लाईन्ड अडिसनबाट छनौट भएका ६४ जना प्रतियोगीहरुले अहिले ब्याटलमा प्रतिस्पर्धा गरिरहेका छन् । यस भिडियो सिरिजको तेस्रो भागमा हामीले ब्याटल राउण्डको तेस्रो एपिसोडमा कसले कस्तो गाए ? अनि को बाहिरिए र को सेलेक्ट भए ? यसका बारेमा चर्चा गर्दैछौँ । भ्वाईस अफ नेपालका बारेमा अन्य भिडियोहरुका लागि हाम्रो च्यानलका अन्य भिडियोहरु हेर्नुहोला । हेर्नुहोस् भिडियो–

शुक्रबार भएको पहिलो ब्याटल टिम राजुको समूहबाट भएको थियो । जसमा गीता शर्मा र प्रेक्षा लम्सालले साँगितिक ब्याटल भिडेका थिए । ‘कसको आँखा लाग्यो बरै बोलको’ गीतमा प्रतिस्पर्धा गरेका गीता र प्रेक्षामध्ये गीताले नकआउटका लागि बाजी मारिन् भने प्रेक्षा बाहिरिईन् । सुरिलो स्वरकी धनी प्रेक्षाले भ्वाईसको मञ्चमा आफुलाई चर्चित बनाउँदै बाहिरिईन् अनि उस्तै सुरिलो आवाजकी धनी गीता नकआउटमा भिड्ने तयारी गर्दैछिन् । ब्लाईन्ड अडिसनमा चारै जना कोचलाई फर्काउन सफल यी दुई प्रतिभाको ब्याटल निकै नै दमदार थियो । प्रतियोगीताको फम्र्याट अनुसार नै चल्नु पर्ने भएकोले कोच राजुलाई यसमा निर्णय लिन निक्कै गाह्रो समेत भयो । प्रेक्षाले कोच राजुसँग युगल गीत पनि गाउने अवसर प्राप्त गरेकी छिन् । त्यस्तै दोस्रो ब्याटलमा टिम प्रमोदबाट सदिक्षा पोखरेल र विशाल राई भिडेका थिए । उनीहरुले ‘रातो टिका निधारमा’ बोलको गीतमा प्रतिस्पर्धा गरेका थिए । निकै नै रोमाञ्चक प्रस्तुति दिएका सदिक्षा र विशाल मध्ये विशालले नकआउट राउण्डका लागि बाजी मारे । सदिक्षा ब्याटलबाट बाहिरिईन् । फरक जेनरको गीत गाएर सदिक्षाले आफुलाई राम्रो गायिकाका लागि योग्य भएको प्रमाणित गर्न सकिन् । विशालको दमदार आवाज र सदिक्षाको सुमधुर आवाजको निकै प्रशंसा भयो ।

त्यस्तै तेस्रो ब्याटलमा टिम आस्थाबाट शोलुखुम्बुकी सविना राई र नविना जोशी भिडेका थिए । उनीहरुले ‘माया यो माया’ बोलको गीतमा प्रतिस्पर्धा गरेका थिए । यस ब्याटलबाट नविना नकआउटका लागि सेलेक्ट भईन् । दमदार आवाजकी नविना र सुमधुर आवाज भएकी सविनाबिचको ब्याटलमा सविना सफल हुन सकिनन् । उनले भ्वाईसको तेस्रो सिजनमा थप तयारी गरेर आउने आशा गरेकी छिन् । १५ औँ एपिसोडको अन्तिम ब्याटलमा टिम दिपका राम लिम्बु र सुमन परियारले प्रतिस्पर्धा गरे । ‘आवाज देउ’ बोलको गीतमा भएको यो प्रतिस्पर्धाबाट सुमन परियार नकआउटका लागि छानिए । ब्याटलमा पहिलो पटक स्टीलको प्रयोग गर्दै कोच प्रमोदले राम लिम्बुलाई नकआउटका लागि सेभ गरे । यससँगै राम र सुमन दुबै जना नक आउटका लागि छनौट भए । उनीहरुको ब्याटललाई ३ जना कोचहरुले स्ट्याण्डिङ अवेसन दिएका थिए । आदरणीय दर्शविन्द यी प्रतियोगीहरुमध्ये तपाईलाई कसको आवाज मनपर्छ ? तपाईको विचारमा फाईनलसम्म कुन प्रतियोगीहरु पुग्न सक्छन् ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।
यो पनि हेर्नुहोस्
ब्लाईन्ड अडिसनबाट बाहिरिएका १९ प्रतिभाहरु (भिडियो) (भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*