फाईनलमा भिड्दै सन्ध्या आचार्य (भिडियो)

२० आश्विन २०७६, सोमबार १७:५६
Featured Video Play Icon

मकवानपुर, २० असोज । मकवानपुरको हेटौँडा ८ कमाने निवासी सन्ध्या आचार्य ‘रियो छमछमी सिजन ४’ को फाईनलमा पुग्न सफल भएकी छिन् । गत शनिबार भएको सेमि फाईनललाई पार गर्दै उनी फाईनलमा पुगेकी हुन् । यस पटक फाईनलमा उत्कृष्ट ५ जना फाईनालिष्टका रुपमा उनले प्रतिस्पर्धा गर्नेछिन् । फाईनलमा पुगेसँगै फाईनलमा पुराउन सहयोग गरेका सबैप्रति उनले सामाजिक सञ्जालमार्फत आभार प्रकट गरेकी छिन् । साथै आफुलाई विजेता बनाउनका लागि सहयोग गर्न पनि उनले आग्रह गरेकी छिन् ।

फाईनलमा सन्ध्यासँगै सपना धाई थापा, दिलमाया लिम्बु, नेशन सुस्लिङ मगर र आकाश विक पुग्न सफल भएका छन् । सन्ध्या सहित फाईनलमा पुगेका प्रतियोगीहरु तपाई पनि भोट गर्न सक्नुहुन्छ । सन्ध्यालाई भोट गर्न म्यासेज बक्समा CC लेखी एक स्पेस छोडेर उनको भोटिङ कोड ०८ टाईप गरी ३१००९ मा पठाउनुपर्ने छ । साथै नेपाल टेलिभिजनको मोबाईल एपबाट पनि भोट गर्न सकिन्छ । नेपाल टेलिभिजनबाट प्रसारण हुने मेगा डान्स रियालिटी शो ‘छमछमी’मा सन्ध्या प्रदेश नम्बर ३ को मकवानपुरबाट एक मात्र दाबेदार हुन् । हेरौँ भिडियो–

सन्ध्याको बुवा विष्णुप्रसाद आचार्य र आमा आसादेवी आचार्य हुन् । सन्ध्याले आधा दर्जनभन्दा बढी म्युजिक भिडियोका साथै विभिन्न व्यवसायिक विज्ञापनमा समेत अभिनय गरेकी छिन् । मकवानपुर बहुमुखी क्याम्पसमा अध्ययनरत सन्ध्या मकवानपुरका चर्चित खेलाडी पनि हुन् ।
यो पनि हेर्नुहोस्
यस्ता छन् छमछमीमन अन्तिम ५ फाईनालिष्ट (भिडियो)a>


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*