यस्ता छन् छमछमीका अन्तिम ५ फाईनालिष्ट (भिडियो)

२० आश्विन २०७६, सोमबार १७:२९
Featured Video Play Icon

मकवानपुर, २० भदौ । नेपाल टेलिभिजनबाट प्रसारण हुने मेगा डान्स रियालिटी शो ‘रियो छमछमी सिजन ४’ को अन्तिम ५ प्रतियोगीहरुको छनौट भएको छ । शनिबारको शो सकिएसँगै फाईनलमा भिड्ने ५ उत्कृष्ट प्रतियोगीहरु छानिएका हुन् । अन्तिम ५ मा दाङका आकाश बिक, झापाकी दिलमाया लिम्बु, महोत्तरीका नेशन सुस्लिङ मगर, मकवानपुरकी सन्ध्या आचार्य र पोखराकी सपना धाई थापा मगर रहेकी छिन् । विभिन्न स्थानबाट हजारौँलाई पछि पार्दै उनीहरुले फाईनलको यात्रा तय गरेका हुन् । यस भिडियो सामग्रीमा फाईनलमा पुगेका ५ प्रतियोगीहरुका बारेमा चर्चा गरिएको छ । हेरौँ भिडियो–

आकाश बिक– आकाश बिक दाङको नारायणपुर निवासी हुन् । उनको भोटिङ कोड ०१ हो । वि.सं. २०५९ साल कात्तिक २० गते जन्मिएका उनी हाल अध्ययन गर्दैछन् । उनी प्रोफेसनल डान्सर बन्न चाहान्छन् ।

दिलमाया लिम्बु– दिलमाया लिम्बु झापाको बुद्ध शान्ति ७ निवासी हुन् । उनको भोटिङ कोड ०३ हो । वि.सं. २०५५ साल असोज २० गते जन्मिएकी उनी काजिमान लिम्बु र सुभद्रा लिम्बुकी छोरी हुन् । उनी प्लस टु अध्ययनरत छिन् ।

नेशन सुस्लिङ मगर– नेशन सुस्लिङ मगर महोत्तरी जिल्लाको रामनगर १ निवासी हुन् । उनको भोटिङ कोड ०५ हो । वि.सं. २०५४ भदौ २९ गते जन्मिएका उनी कुलबहादुर सुस्लिङ र सितामाया सुस्लिङका छोरा हुन् । अध्ययन गर्दै गरेका उनी नृत्यमा निकै चासो राख्छन् ।

सन्ध्या आचार्य–
सन्ध्या आचर्या मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ कमाने निवासी हुन् । उनको भोटिङ कोड ०८ हो । चर्चित खेलाडी समेत रहेकी सन्ध्या मकवानपुरबाट एकमात्र दाबेदार हुन् । वि.सं. २०५५ साल कात्तिक १५ गते जन्मिएकी सन्ध्याको बुवा विष्णुप्रसाद आचार्य र आमा आशादेवी आचार्य हुन् । उनी मकवानपुर बहुमुखी क्याम्पस हेटौँडामा विज्ञान संकायमा स्नातक अध्ययनरत छिन् ।

सपना धाई थापा मगर– सपना धाई थापा मगर पोखराको लेखनाथ निवासी हुन् । उनको भोटिङ कोड ०९ हो । वि.सं. २०५८ पुष ५ गते जन्मिएकी सपना अध्ययन गर्दै छिन् । उनी नृत्यसँगै अध्ययनलाई थप उचाई दिन चाहान्छिन् । आदरणीय दर्शकबिन्द, तपाईको विचारमा छमछमीको यस सिजनमा कसले .बाजी मार्ला ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै अन्य भिडियोहरुका लागि हामीलाई सब्स्क्राईब गर्नुहोस् ।
यो पनि हेर्नुहोस्
यी हुन् ब्याटलका लागि छानिएका उत्कृष्ट ६४ प्रतियोगीहरु


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*