ब्लाईण्ड अडिसनबाट बाहिरिएका प्रतिभाहरु, भाग–६ (भिडियो)

१९ आश्विन २०७६, आईतवार १४:०९
Featured Video Play Icon

मकवानपुर, १९ असोज । चर्चित सिंगिङ रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’ को सिजन २ मा ब्लाईन्ड अडिसनमा सहभागी भएका ६४ जना प्रतियोगीहरु ब्याटलका लागि छानिए भने बाँकी १९ जना प्रतियोगीहरु बाहिरए । यस भिडियो सिरिजको छैटौँ तथा अन्तिम भागमा भ्वाईस अफ नेपालको ब्लाईन्ड अडिसनबाट बाहिरिएका ३ प्रतिभाहरु नविन गजमेर, अलिशा घिमिरे र शितलराज पाण्डेका बारेमा चर्चा गर्दैछौँ । अन्य प्रतियोगीहरुका बारेमा जान्न हाम्रो च्यानलका थप भिडियोहरु हेर्न सक्नुहुनेछ । हेर्नुहोस् भिडियो–

नविन गजमेर, सिक्किम–सानोमा धेरै पटक राजु लामाको गीत गाउने गरेका नविनको फेभरेट कोच भने प्रमोद खरेल भएको उनी बताउँछन् । भ्वाईसमा सहभागी हुन पश्चिम सिक्किमदेखि नेपाल आएका उनी नेपाली भाषा र गीतसँगीतलाई निक्कै मन पराउँछन् । ब्लाईन्ड अडिसनमा उनले ‘आँशुको अर्थ’ बोलको गीत गाएका थिए । निकै नै राम्रो गीत गाएका नविन कारणवश ब्याटलका लागि छनौट हुन सकेनन् । उनलाई बज नगरेकोमा पहिलो पटक भ्वाईस अफ नेपाल सिजन २ मा दर्शकहरुले नकरात्मक कमेन्ट गरेका छन् ।

अलिशा घिमिरे, काठमाडौँ–१८ वर्षीया अलिशालाई सँगीत क्षेत्रमा परिवारबाट खासै सहयोग छैन तर पनि उनी सँगीतलाई माया गर्छिन् । उनी ब्यागलाई निकै माया गर्छिन् र जतिखेरै ब्याग बोकेर हिँड्छिन् । ब्यागलाई साथीको रुपमा हेर्ने उनको अनौठो बानी छ । उनले ब्लाईन्ड अडिसनमा ‘आवाज देउ मलाई’ बोलको गीत गाएकी थिईन् । कुनै पनि सँगीत कक्षा नलिएकी अलिशा ब्याटलका लागि छनौट हुन सकिनन् ।

शितलराज पाण्डे, गोरखा–क्यारिकेचरमा पनि मन लगाएका शितलराज गोरखा निवासी हुन् । सानैदेखि सँगीतमा रुचि राखेका शितल आर्थिक अवस्थाका कारण गायनबाट ब्याक हटे । तर उनले सँगीतलाई माया मार्न सकेनन् । जोनी जिप अपरेटरका रुपमा समेत कार्यरत उनले भ्वाईस अफ नेपालको सिजन वानमा पनि जोनी जीप अपरेट गरेका थिए । उनले ब्लाईन्ड अडिसनमा ‘नाई नभन्नु ल’ बोलको गीत गाएका थिए । उनी सिजन २ को ब्लाईन्ड अडिसनबाट बाहिरिएका अन्तिम प्रतियोगी हुन् । आदरणीय दर्शकविन्द, तपाई यी प्रतिभाहरुका बारेमा के भन्न चाहानुहुन्छ ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हामीलाई सब्स्क्राईब गर्नुहोस् ।
यो पनि हेर्नुहोस्
यी हुन् ब्याटलका लागि छानिएका उत्कृष्ट ६४ प्रतियोगीहरु


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*