मकवानपुरकी सन्ध्या आचार्य ‘छमछमी’ को फाईनलमा

१९ आश्विन २०७६, आईतवार १३:४७

मकवानपुर, १९ असोज । मकवानपुरको हेटौँडा ८ कमाने निवासी सन्ध्या आचार्य ‘रियो छमछमी सिजन ४’ को फाईनलमा पुग्न सफल भएकी छिन् । उनी उत्कृष्ट ५ मा छनौट हुँदै फाईनलमा पुग्न सफल भएकी हुन् । फाईनलमा पुगेसँगै फाईनलमा पुराउन सहयोग गरेका सबैप्रति उनले सामाजिक सञ्जालमार्फत आभार प्रकट गरेकी छिन् । साथै आफुलाई विजेता बनाउनका लागि सहयोग गर्न पनि उनले आग्रह गरेकी छिन् ।

सन्ध्या सहित फाईनलमा पुगेका प्रतियोगीहरु तपाई पनि भोट गर्न सक्नुहुन्छ । उदाहरणका लागि सन्ध्यालाई भोट गर्न म्यासेज बक्समा CC लेखी एक स्पेस छोडेर उनको भोटिङ कोड ०८ टाईप गरी ३१००९ मा पठाउनुपर्ने छ । साथै नेपाल टेलिभिजनको मोबाईल एपबाट पनि भोट गर्न सकिन्छ । नेपाल टेलिभिजनबाट प्रसारण हुने मेगा डान्स रियालिटी शो ‘छमछमी’मा सन्ध्या मकवानपुरबाट एक मात्र दाबेदार हुन् ।

सन्ध्याको बुवा विष्णुप्रसाद आचार्य र आमा आसादेवी आचार्य हुन् । सन्ध्याले आधा दर्जनभन्दा बढी म्युजिक भिडियोका साथै विभिन्न व्यवसायिक विज्ञापनमा समेत अभिनय गरेकी छिन् । मकवानपुर बहुमुखी क्याम्पसमा अध्ययनरत सन्ध्या मकवानपुरका चर्चित खेलाडी पनि हुन् ।
यो पनि हेर्नुहोस्
यस्ता छन् ‘रियो छमछमी–४’ का उत्कृष्ट ९ प्रतियोगीहरु (भिडियो)

यो पनि पढ्नुहोस्–
यस्ता छन् भ्वाईस अफ नेपालमा चारै जना कोचलाई फर्काउन सफल २१ प्रतिभाहरु (भिडियो)
चर्चित सिंगिङ रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’ को सिजन २ मा सबै ब्लाईन्ड अडिसनहरु सकिएका छन् । ब्लाईन्ड अडिसनबाट चारै जना कोचले १६–१६ जनाको ड्रिम टिम तयार पारेका छन् । ब्लाईन्ड अडिसनको १२ वटा एपिसोड सकिएसँगै अब ब्याटल राउण्ड सुरु हुनेछ । ब्लाईन्ड अडिसनबाट ६४ जना सहभागीहरुले ब्याटलका लागि आफुलाई योग्य ठहराएका छन् । जसमध्ये २१ जना सहभागीहरुले चारै जना कोचलाई आफुतर्फ फर्काउन सफल भएका छन् । साथै ब्लाईन्ड अडिसनमा सहभागी भएका १९ जनाको अगाडि बढ्ने सपना सकिएको छ ।
यस भिडियो सामग्रीमा हामीले भ्वाईसको ब्लाईन्ड अडिसनमा चारै जना कोचलाई आफुतर्फ फर्काउन सफल २१ जना प्रतिभाहरुका बारेमा चर्चा गर्दैछौँ । हेरौँ भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*