ब्लाईण्ड अडिसनबाट बाहिरिएकाहरु, भाग–५ (भिडियो)

१८ आश्विन २०७६, शनिबार ०७:५०
Featured Video Play Icon

मकवानपुर, १८ असोज । चर्चित सिंगिङ रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’ को सिजन २ मा ब्लाईन्ड अडिसनमा सहभागी भएका ६४ जना प्रतियोगीहरु ब्याटलका लागि छानिए भने बाँकी १९ जना प्रतियोगीहरु बाहिरए । यस भिडियो सिरिजको पाँचौँ भागमा भ्वाईस अफ नेपालको ब्लाईन्ड अडिसनबाट बाहिरिएका ३ प्रतिभाहरु युश्के केसी, सुनिता बिसी र अरुणा शाक्यको बारेमा चर्चा गर्दैछौँ । अन्य प्रतियोगीहरुका बारेमा जान्न हाम्रो च्यानलका थप भिडियोहरु हेर्न सक्नुहुनेछ । हेर्नुहोस् भिडियो–

युश्के केसी, लाजिम्पाट–भ्वाईस अफ नेपालको ब्लाईन्ड अडिसनमा श्रीमतीसँगै सहभागी हुन आएका उनी सँगीतमै आफ्नो करियर बनाउन चाहान्छन् । परिवारबाट सहयोग पाएका उनकी श्रीमती विदिशाले पनि ब्लाईन्ड अडिसनमा सहभागिता जनाएकी थिईन् । तर विदिशा ब्याटलका लागि छनौट हुन सकिनन् । युश्केले ब्लाईन्ड अडिसनमा ‘यो नानीको शिरैमा’ बोलको गीत गाएका थिए । उनी पनि ब्याटलका लागि छनौट हुन सकेनन् ।

सुनिता बिसी, धादिङ–बिए थर्ड एयरमा अध्ययनरत सुनितालाई गाउन निकै मनपर्छ । कुनै ठूलो कार्यक्रममा गएर गीत गाउने मौका खोजिरहेकी सुनिताले भ्वाईसको मञ्चलाई निकै महत्वपूर्ण स्थान दिएकी छिन् । चाईल्ड केयरको काम गरिरहेकी सुनिताले ब्लाईन्ड अडिसनमा ‘बोल बोल’ बोलको गीत गाएकी थिईन् । उनी ब्याटलका लागि छनौट हुन सकिनन् ।

अरुणा शाक्य, चाबाहिल–सँगीतलाई पहिलो प्रेम बताउने अरुणाले आफ्नो नामसँग पनि चर्चित गायिका अरुणा लामाको नाम जोडिएको बताउँछिन् । बुवाको फेभरेट गायिका अरुणा लामा भएका कारण बुवाले नै उनको नाम अरुणा राखिदिएको उनी बताउँछिन् । सँगीतमा आमाबुवाको सहयोग पाएकी अरुणाले घरमा पनि साँगितिक वातावरण पाएकी छिन् । भ्वाईसको पहिलो सिजनको डिजिटल अडिसनमा छनौट नभएपछि उनले सँगीत सिकिन् र पूनः सिजन २ मा तयारीका साथ आएकी हुन् । उनले ब्लाईन्ड अडिसनमा ‘अभिमान’ बोलको गीत गाएकी थिईन् । उनी ब्याटलका लागि छनौट हुन सकिनन् तर उनले सिजन ३ मा आउने पनि तयारी गरेकी छिन् । उनले ब्लाईन्ड अडिसनमा आउन पाउनुलाई निकै ठूलो सफलता भएको बताएकी छिन् ।
आदरणीय दर्शकविन्द, तपाई यी प्रतिभाहरुका बारेमा के भन्न चाहानुहुन्छ ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हामीलाई सब्स्क्राईब गर्नुहोस् ।
यो पनि हेर्नुहोस्
यस्ता छन् उत्कृष्ट २१ आवाज, जसले चारै जना कोच फर्काए


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*