ब्लाईण्ड अडिसनबाट बाहिरिएकाहरु, भाग–४ (भिडियो)

१७ आश्विन २०७६, शुक्रबार १५:३२
Featured Video Play Icon

मकवानपुर, १७ असोज । चर्चित सिंगिङ रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’ को सिजन २ मा ब्लाईन्ड अडिसनमा सहभागी भएका ६४ जना प्रतियोगीहरु ब्याटलका लागि छानिए भने बाँकी १९ जना प्रतियोगीहरु बाहिरए । यस भिडियो सिरिजको चौथो भागमा भ्वाईस अफ नेपालको ब्लाईन्ड अडिसनबाट बाहिरिएका ३ प्रतिभाहरु प्रेक्षा कोईराला, पुजा परियार र विदिशा शाक्यका बारेमा चर्चा गर्दैछौँ । अन्य प्रतियोगीहरुका बारेमा जान्न हाम्रो च्यानलका थप भिडियोहरु हेर्न सक्नुहुनेछ । हेरौँ भिडियो–

प्रेक्षा कोईराला, हेटौँडा, मकवानपुर – परिवारमा कोही संगीत क्षेत्रमा नभए पनि आफु संगीतको पारखी भएको प्रेक्षा बताउँछिन् । २२ वर्षीया प्रेक्षाले रेडियो तथा टेलिभिजनबाटै गीत गाउने प्रेरणा बढेको बताउँछिन् । क्लासिकल र ज्याज सिकिरहेकी प्रेक्षाले ब्लाईन्ड अडिसनमा ‘बसन्त’ बोलको गीत गाएकी थिईन् ।

पुजा परियार, बुढानिलकण्ठ –माईती नेपालकी नाईटिङ्गेल भनेर समेत चिनिने पूजा परियार अहिले नारायणथानमा बस्छिन् । १८ वर्षको उमेरसम्म माईती नेपालमा बिताएकी उनी आफ्नो जीवनलाई संघर्षको रुपमा लिन्छिन् । वृद्धाश्रमदेखि बालबच्चासम्मको साहारा र मायालु पात्र बनेकी पूजाले जीवनमा विभिन्न उतार चढाव भोगेकी छिन् । २५ वर्षीया पूजाले ब्लाईन्ड अडिसनमा ‘म चाँही नेपाली’ बोलको गीत गाएकी थिईन् ।

विदिशा शाक्य, लाजिम्पाट–भ्वाईस अफ नेपालको ब्लाईन्ड अडिसनमा श्रीमानसँगै सहभागी हुन आएकी विदिशा सँगीतमै आफ्नो करियर बनाउन चाहान्छिन् । परिवारबाट सहयोग पाएकी विदिशाका श्रीमान पनि अडिसनमा सहभागी भएका थिए । विदिशाले ब्लाईन्ड अडिसनमा ‘तिम्रो नै माया’ बोलको गीत गाएकी थिईन् । उनी ब्याटल राउण्डका लागि छनौट हुन सकिनन् तर उनको गायिकीको निकै प्रशंसा भयो । आदरणीय दर्शकविन्द, तपाई यी प्रतिभाहरुका बारेमा के भन्न चाहानुहुन्छ ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हामीलाई सब्स्क्राईब गर्नुहोस् ।
यो पनि हेर्नुहोस्
एउटा पिडादायी प्रेमकथा, बितेका पलहरु–१


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*