प्रगति माविमा भूपू विद्यार्थीद्वारा शुभकामना तथा सम्मान, अध्यक्षमा पूनः अर्याल

१७ आश्विन २०७६, शुक्रबार १४:४४

आसिस खतिवडा, मकवानपुर, १७ असोज । प्रगति माविको भूपू विद्यार्थी संगठनको आयोजनामा शुक्रबार शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा विभिन्न विधामा विद्यालयमा अध्ययनरत विद्यार्थी तथा विद्यालयमा अध्यापन गराएका पूर्व शिक्षकहरुलाई सम्मान समेत गरिएको छ । विद्यालयको शैक्षिक गुणस्तर बढाउन योगदान दिएको भन्दै विद्यालयका पूर्व प्राचार्य केशवबहादुर श्रेष्ठ र विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष अनन्तप्रसाद पौडेललाई सम्मान गरिएको थियो । त्यस्तै कक्षा ११ को वार्षिक परिक्षामा ३.१२ जिपिए ल्यार विद्यालय प्रथम हुन सफल निमा महत र एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विशेष दुलाललाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा हाल कार्यरत शिक्षकहरुमध्ये विमल कुमार घिमिरे सम्मानित भएका थिए । प्रगति माध्यमिक विद्यालयको ‘प्रगति शैक्षिक सहयोग कोष’ को स्थापना गर्न नगद रु. १ लाख सहयोग गरेका सहयोगीदाता रामेश्वर पाठकलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

त्यस्तै संगठनको आजै भएको भेलाले पूनः किशोर अर्यालकै नेतृत्वमा १३ सदस्यीय नयाँ कार्य समिति समेत चयन गरेको छ । समितिको उपाध्यक्षमा अशोक सारु मगर, सचिव केदार अधिकारी, सहसचिव सुकराम केसी र कोषाध्यक्ष गोकर्ण तिवारी चयन भएका छन् । त्यस्तै बोलबहादुर कार्की पदेन सदस्य र सदस्यहरुमा सुमन अर्याल, मनिषा अधिकारी, आशिष खतिवडा, राजेन्द्र पौडेल, दिपकराज मिश्र, नरेन्द्र भण्डारी लगायत चयन भएका छन् ।

भूपू विद्यार्थी संगठनका अध्यक्ष किशोर अर्यालको अध्यक्षता तथा संविधानसभा सदस्य एवम् विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष अनन्त प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा ९ नम्बर वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारी, वडा सदस्य तथा विद्यालयका भूपू विद्यार्थी सुकराम केसी, समाजसेवी रीता खनाल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन संगठनका सचिव केदार अधिकारीले गरेका थिए । कार्यक्रममा विद्यालयको स्थापनाकालदेखि हालसम्म अध्ययन गरेका पूर्व विद्यार्थीहरुको समेत उपस्थिति रहेको थियो ।

यो पनि हेर्नुहोस्
मोबाईलबाट युट्युब च्यानल बनाउने तरिका


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*