ब्लाईण्ड अडिसनबाट बाहिरिएकाहरु, भाग–३ (भिडियो)

१७ आश्विन २०७६, शुक्रबार १०:०६
Featured Video Play Icon

मकवानपुर, १७ असोज । चर्चित सिंगिङ रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’ को सिजन २ मा ब्लाईन्ड अडिसनमा सहभागी भएका ६४ जना प्रतियोगीहरु ब्याटलका लागि छानिए भने बाँकी १९ जना प्रतियोगीहरु बाहिरिए । यस भिडियो सिरिजको तेस्रो भागमा भ्वाईस अफ नेपालको ब्लाईन्ड अडिसनबाट बाहिरिएका ३ प्रतिभाहरु ऐश्वर्य राई, राजा राजेन्द्र र हृदेश बस्नेतका बारेमा चर्चा गर्दैछौँ । अन्य प्रतियोगीहरुका बारेमा जान्न हाम्रो च्यानलका थप भिडियोहरु हेर्न सक्नुहुनेछ ।

ऐश्वर्य राई, धरान, हाल काठमाडौँ –आमाले राखिदिनुभएको ऐश्वर्य नाममा गर्व गर्ने ऐश्वर्यलाई एक्लै हिँड्न निकै मनपर्छ । सानैदेखि संगीतम रुचि भएता पनि परिवारबाट उनलाई यस क्षेत्रमा लाग्न सानोमा खासै सहयोग नभएको उनी बताउँछिन् । २१ वर्षीया ऐश्वर्यले ब्लाईन्ड अडिसनमा ‘निश्चल’ बोलको गीत गाएकी थिईन् । उनको आवाज सुनेर कुनै कोच फर्किएनन् तर उनले सकरात्मक अपेक्षा लिएर भ्वाईसको मञ्चबाट विदा लिएकी छिन् ।

राजा राजेन्द्र, झापा –चर्चित हाँस्यकलाकार राजा राजेन्द्रलाई नचिन्ने सायदै कमै होलान् । कमेडी र क्यारिकेचरका क्रममा दर्शकमाझ रुचाइएका राजेन्द्रले ब्लाईन्ड अडिसनमा ‘के भुल भयो प्रिया’ बोलको गीत गाएका थिए । उनले कुनै कोचलाई फर्काउन सकेनन् तर उनले स्टेजमा सबैलाई हँसाएर बिदा भए ।

हृदेश बस्नेत, विरगञ्ज, पर्सा हाल स्वयम्भु – भित्री ईच्छा कहिल्यै मर्दैन भन्ने कुराको एक उदाहरण हुन् हृदेश बस्नेत । धेरै ठाउँमा सँगीत सिक्न गएका हृदेश अन्तत घरमै आएर बसे । संगीत क्षेत्रमा भविष्य छैन भनेर बुवाले भनेपछि उनी अन्य क्षेत्रमा करियर बनाउन लागे । हाल बैँकमा कार्यरत हृदेशले ब्लाईन्ड अडिसनमा ‘फुलको डाली डालीमा’ बोलको गीत गाएका थिए । आदरणीय दर्शकविन्द, तपाई यी प्रतिभाहरुका बारेमा के भन्न चाहानुहुन्छ ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हामीलाई सब्स्क्राईब गर्नुहोस् ।
यो पनि हेर्नुहोस्
छमछमीमा भोट गर्ने तरिका


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*